सेयर बजार घट्ने क्रम आज पनि कायम, कारोबार रकम ९ अर्ब माथि

काठमाडौं । सेयर बजार परिसूचक लगातार तेस्रो दिन पनि घटेर बन्द भएको छ । अघिल्ला दुई दिन दोहोरो अंकले घटेको बजार आज भने एकल अंकले घटेर बन्द भएको हो ।

आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ८ दशमलव १४ अंकले घटेर २६२३ दशमलव ८३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १३६ कम्पनीको सेयर मूल्य घटेको छ भने १०७ कम्पनीको सेयर मूल्य भने बढेको छ । एक कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५३ अंकले घटेर ४४२ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ४ वटा उपसूचकको सेयर मूल्य बढेको छ भने ९ अटाको घटेको छ । परिसूचक घटेपनि आज कारोबार रकममा भने वृद्धि भएको छ । अघिल्लो दिन साढे ७ अर्ब माथिको कारोबार भएको बजारमा आज ९ अर्ब ३७ करोड ४१ लाख २२ हजार ६५५ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३१४ कम्पनीका २ करोड ४६ लाख ४१ हजार २६१ कित्ता सेयर ७९ हजार ७७७ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।

आज सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीमा नकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ ।

तीन कम्पनीमा सकारात्मक सर्किट

बुधबार सेयर बजार सामान्य अंकले घटेर कारोबार बन्द भयो । नेप्से परिसूचक घटेको दिन तीन कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको हो ।

आजको कारोबार बन्द हुँदा समाज लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आज समाज लघुवित्तको सेयर मूल्य २१७ रुपैयाँले बढेर २ हजार ३८७ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । त्यस्तै आज नेपाल माइक्रोको सेयर मूल्य पनि १२६ रुपैयाँ १० पैसाले बढेर १ हजार ३८७ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । त्यस्तै आज क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात् १०४ रुपैयाँ २० पैसाले बढेर १ हजार १४७ रुपैयाँ पुगेको छ ।

त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा विन नेपाल लघुवित्त र सिनर्जी पावर डेभलपमेन्ट कम्पनी रहेका छन् । आज विन नेपाल लघुवित्तको सेयर मूल्य २३४ रुपैयाँ ८५ पैसाले बढेर २ हजार ९१३ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.७७ प्रतिशतले धेरै हो । त्यस्तै सिनर्जी पावरको सेयर मूल्य २९ रुपैयाँ ६४ पैसाले बढेर ३८४ रुपैयाँ १५ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.३६ प्रतिशतले धेरै हो ।

भूगोल इनर्जीमा नकारात्मक सर्किट
बुधबार सेयर बजार घटेर कारोबार बन्द हुँदा १३६ कम्पनीको सेयर मूल्य घट्यो । १३६ कम्पनीको सेयर मूल्य घटेको  दिन भूगोल इनर्जीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ । आज भूगोल इनर्जीको सेयर मूल्य ८६ रुपैयाँ २२ पैसाले घटेर ७६६ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, तारागाउँ रिजेन्सी होटल, लक्ष्मी लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंक रहेका छन् ।

आजको कारोबार बन्द हुँदा कर्पोरेट डेभलपमेन्ट बैैंकको सेयर मूल्य १३६ रुपैयाँ ८६ पैसाले घटेर २ हजार २३९ रुपैयाँ ७७ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.७६ प्रतिशतले कम हो । त्यस्तै आज तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य ३.७७ प्रतिशत अर्थात ३६ रुपैयाँ ८७ पैसाले घटेर ९४१ रुपैयाँ १३ पैसा पुगेको छ ।

आज लक्ष्मी लघुवित्तको सेयर मूल्य ३६ रुपैयाँ २७ पैसाले घटेर १ हजार ९ रुपैयाँ ७३ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.३८ प्रतिशतले कम हो । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ३१ रुपैयाँ ३५ पैसाले घटेर ९९६ रुपैयाँ ९४ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.०५ प्रतिशतले कम हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार