
अमेरिका, दुङ्जिन रिन्पोछे (लामा दावा साङ्बो योल्मोपा) अमेरिकामा सम्मानित हुनु भएको छ। बौद्ध धर्मसम्बन्धी पुस्तक लेखेको तथा बौद्ध धर्मको प्रचार प्रसार गरेको भन्दै दुङ्जिन रिन्पोछे अमेरिकामा सम्मानित हुनु भएको छ।
अमेरिकी सरकारी अधिकारीले नै उहाँलाई सम्मान गरेको हो। अमेरिकाको न्युयोर्क राज्यसभाबाट कदर गर्दै राज्यसभा सदस्य जेनिफर राजकुमारले उक्त सम्मानपत्र हस्तान्तरण गरेको हो।

उहाँ बौद्ध धर्मको प्रचार प्रसार गर्ने काममा लामो समयदेखि लागि पर्नु भएको छ। उहाँले कोरोना महामारीको अवधिमा पुस्तक लेख्नु भएको थियो। “बुद्धको अमृतमय वचन तथा बौद्ध परम्परा” नामक पुस्तक उक्त अवधिमा लेख्नु भएको थियो।जुन पुस्तक अमेरिकामै विमोचन गरिएको थियो।
उहाँ योल्मो कान्यिंग शेढुप लिङ गुम्बाका छैठौं प्रमुख लामा समेत हुनुहुन्छ। उहाँ आदिवासी जनजाति प्रतिष्ठानको सदस्य भएर पनि काम गरिसक्नु भएको छ । यसै गरी नेपाल योल्मो सामाजिक सेवा संघका अध्यक्ष, कर्मापा श्यामरङ संघका उपाध्यक्ष जस्ता जिम्मेवारी समेत सम्हाली सक्नु भएको छ । साथै, उहाँले लुम्बिनी कलेज अफ बुद्धिजम एन्ड हिमालयन स्टडिजबाट हिमालयन बुद्धिजममा पनि स्नातकोत्तर गर्नुभएको छ। उहाँ छ वटा भाषा बोल्ने दक्ष भाषाविद् पनि हुनुहुन्छ।अमेरिकाले यी थुप्रै कारणहरूका आधारमा पनि उहाँलाई सम्मान गरेको हो।
अमेरिकाको सरकारी निकायबाट सम्मानित हुने उहाँ योल्मोपा समूदायको पहिलो व्यक्ति पनि हुनुहुन्छ।













समाचार
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो