
काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता तथा पूर्व मुख्यमन्त्री भगतसिंह कोसियारी र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरबिच आज काठमाडौँमा भेटवार्ता भएको छ।
भेटमा दुई नेताले भारत र पाकिस्तानबिच पछिल्लो समय बढ्दो द्वन्द्वप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। कोसियारीले पाकिस्तानले भारतमाथि आक्रमण सुरु गरेपछि मात्र भारतले प्रतिकार गरेको स्पष्ट पार्दै आतङ्कवादको विरुद्धमा सारा विश्व एक ठाउँमा उभिन आवश्यक रहेको बताए।
लोसपा अध्यक्ष ठाकुरले पनि नेपाल र नेपाली जनताको तर्फबाट आतंकवादविरुद्धको अभियानमा भारतको समर्थनमा उभिएको धारणा राखे। उनले नेपालले आफ्नो भूमि कुनै पनि राष्ट्रविरुद्ध प्रयोग हुन नदिने स्पष्ट नीति लिएको उल्लेख गर्दै आतंकवादविरुद्ध भारतले चालेको कदम उचित भएको बताए। भेटवार्तामा दुबै नेताले क्षेत्रीय शान्ति, स्थायित्व र सहयोगको आवश्यकतामा जोड दिएका थिए। साथै नेपाल र भारतबिचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।












समाचार
काली गण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह
नागपोखरीबाट लागुऔषधसहित चार जना सशस्त्रको नियन्त्रणमा
अदालतले भन्यो : दुर्गा प्रसाईंलाई छाड्देउ
मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध
करदाता प्रोत्साहन उपहार कार्यक्रमः १५ दिनमा योग्य कारोबार संख्या करिब ११ लाख नजिक
सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, ७८० उत्कृष्ट सिटिजन लिडर र अभिकर्ता सम्मानित
मिड–भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन’मा बाँदर आतंक समाधान गर्ने ‘इनोभिजन’ विजेता
जुलाईमा भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, चिनियाँ पर्यटक ६१ प्रतिशतले बढे
परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई पक्राउ