आइपीएलका बाँकी खेल आगामी शनिबारबाट

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मे १७ बाट पुनः सुरु हुनेछ भएको छ । बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई)ले सोमबार राति आगामी शनिबारबाट प्रतियोगिता सुरु गर्ने जानकारी दिउको हो ।

योसँगै प्रतियोगिता जुन ३ मा समाप्त हुने भएको छ । भारत–पाकिस्तान सीमामा तनावका कारण मे ९ मा एक हप्ताको लागि स्थगित गरिएको प्रतियोगिताको बाँकी खेल अब ६ वटा स्थानमा खेलाइनेछ। यी खेल बेंग्लुरु, जयपुर, दिल्ली, लखनऊ, मुम्बई र अहमदाबादमा हुनेछ। दुई आइतबार हुने दुई डबल–हेडर सहित कुल १७ खेल खेलाइनेछ।

प्लेअफ खेलका लागि स्थान घोषणा गरिएको छैन । तर, मे २९ मा क्वालिफायर १, मे ३० मा एलिमिनेटर, जुन १ मा क्वालिफायर २ र जुन ३ मा फाइनल हुने तय छ। संशोधित तालिकामा कुल १७ खेल खेलाइनेछ जसमा १३ लिग खेल र चार प्लेअफ हुनेछन् । यसको अर्थ मे ८ मा पहिलो इनिङ्सको समयमा रद्द भएको पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स खेल अब मे २४ मा जयपुरमा हुने भएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार