
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई १० विकेटले हराएको छ । हिजोको खेलमा दिल्लीले दिएको २ सय रनको लक्ष्य गुजरातले १९ ओभरमा कुनै पनि विकेट नगुमाइ पुरा गरेको हो ।
गुजरातका शुभमन गिलले सर्वाधिक एक सय ८ रन बनाए । साइ सुदर्शनले ९३ रन जोडे । त्यसअघि अरूण जेट्ली स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो । उसका लागि केएल राहुलले एक सय १२ रन बनाए । अभिषेक पोरेलले ३० रन जोडे ।
गुजरातका अर्सद खान, प्रसिद्ध कृष्णा र साइ किशोरले समान १ विकेट लिए। जीतसँगै गुजरात १८ अङकसहित शीर्षस्थानमा उक्लिँदै प्लेअफमा प्रवेश गरेको छ । समान १७ अङक बनाएका रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) र पन्जाब किङ्ग्स पनि प्ले अफमा पुगेका छन् ।
यसअघि हिजो भएको पहिलो खेलमा पन्जाब किङ्ग्सले राजस्थान रोयल्सलाई १० रनले हराएको छ । पन्जाबले दिएको २ सय २० रनको लक्ष्य पछाएको राजस्थान रोयल्स २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९ रनमा समेटियो।
राजस्थानका यशस्वी जैसवाले ५० र वैभव सूर्यवंशीले ४० रन बनाए । राजस्थानका हर्पित ब्रार्रले ३ विकेट लिए। यस्तै अज्मतुल्लाह ओम्रजाइ र मार्को जानसेनले समान २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १९ रन बनाएका थियो । पन्जाबका नेहाल वादेराले ७० रन बनाए । सशांक सिंहल ५९ रन जोडे । राजस्थानका तुसार देशपाण्डेले २ विकेट लिए ।पन्जाब १२ खेलबाट १७ अङ्क बनाएर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लिग चरणबाट बाहिरिसकेको राजस्थानको यो दशौं हार हो ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व