
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्ट्सले शीर्षस्थानको गुजरात टाइटन्सलाई ३३ रनले हराएको छ ।
लखनउले जीतको लागि दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको गुजरात २० ओभरमा ९ विकेट गुमाउँदै २ सय २ रनमा समेटियो ।
गुजरातका साहरुख खानले ५७ र शेफने रूदरफोर्डले ३८ रन बनाए । लखनउका विल ओले ३ तथा आभेस खान र आयुष बदोनीले २/२ विकेट लिए । त्यसअघि अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले व्याटिङ गरेको लखनउले २० ओभरमा २ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो । लखनउका मिचेल मार्सले सर्वाधिक १ सय १७ रन बनाए । गुजरातका साई किशोर र अरशद खानले १÷१ विकेट लिए ।
लिग तालिकामा शीर्ष स्थानको गुजरातको १८ अङ्क छ भने आईपीएलबाट बाहिरिसकेको लखनउको १२ अङ्क छ । आईपीएलमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु र सनराइजर्स हैदराबाद खेल्दैछन् ।
फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व