
काठमाडौं । काठमाडौ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड कराते प्रतियोगिता सम्पन्न भएको छ। आज कर्तिपुर कबर्ड हलमा सम्पन्न प्रतियोगितामा कुल १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो। काठमाडौं जिल्लाका ८ वटा नगरहरु बिच भएको प्रतिस्पर्धामा पुरुष कुमिते तर्फ ४२ केजिमा गोकर्णेश्वर पाशनुरी शेर्पा पुरुष ४७ केजीमा गोकर्णेश्वरका मिलन मगर पुरुष ५२ केजिमा काठमाडौका किस्मत कुवर,५७ केजीमा काठमाडौका उत्सब गुरुङ,६२ केजिमा काठमाडौका प्रशन लामा र पुरुष एकल कातामा चन्द्रागिरीका प्रथम मानन्धरले स्वर्ण पदक जित्न सफल भए।
महिला कुमिते तर्फ ४० केजीमा तार्केश्वरकी एलिना तामाङ ४५ केजीमा काठमाडौकी दिब्या प्रधान ५० केजीमा तार्केश्वरकी सलिना प्रधान ५५ केजीमा चन्द्रागिरीकी निकिता स्याङ्तान ६० केजीमा गोकर्णेश्वरी टिकामाया जिम्मी महिला एकल कातामा चन्द्रागिरीकी सिपारा नेपालीले स्वर्ण पदक जित्न सफल भईन।
४ स्वर्ण ३ रजत र ६ कास्य जितेको काठमाडौ महानगर टिम प्रथम,३ स्वर्ण २ रजत २ कास्य टिम दोस्रो,३ स्वर्ण १ रजत १ कास्य पदक जित्दै गोकर्णेश्वर नगरपालिका टिम तेस्रो भयो। पदक बिजेता खेलाडीहरुलाई नेपाल कराते महा संघका महासचिव धावा गुरुङ काठमाडौ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष भाईकृष्ण बलामी,कराते महासंघ काठमाडौका अध्यक्ष ज्ञान बहादुर जिम्बा लगायतले मेडल तथा प्रमाणपत्र बितरण गरेका थिए।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू