
काठमाडौं । होटल संघ नेपाल सम्मानित भएको छ । काठमाडौंमा आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ का सह–आयोजक रहेको संघलाई सम्मान गरिएको हो ।
होटल संघ नेपाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले कदर पत्र सहित सम्मानित गरेका हुन् । होटल संघ नेपालले रोजगारी सृजनामा महत्वपूर्ण भूमिका निर्वाह गरी स्वदेशमै रोजगारीका लागि अभिप्रेरित गर्ने खालका विभिन्न क्षमता अभिवृद्धि तालिम तथा सिक्दै कमाउँदै २४ महिने तालिम सञ्चालन गरी उक्त रोजगार मेलालाई टेवा पुु¥याए वापत उक्त कदर पत्रले सम्मान गरेको संघका अध्यक्ष विनायक शाहले बताए ।
अध्यक्ष शाहले हालै नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा होटल उद्योगमा प्राविधिक क्षेत्रमा के कस्ता तालिम आवश्यक छ सोको निश्चित गरी पाठ्यक्रम तयार गर्दै तालिम आयोजना गरिने पनि बताए । साथै उनले आन्तरिक रोजगारी अभिवृद्धिमा होटल संघ नेपालले आफ्ना देशैभरि छरिएर रहेका होटल प्रतिष्ठानमार्फत उल्लेखनीय रुपमा रोजगारी सृजना गर्न सक्ने पनि बताए ।













समाचार
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, चिनियाँ राष्ट्रपति सी भारतमा
प्लेस्टेशनले १८ वर्षमाथिका लागि बनाएको वुल्भरिन गेम जोखिमपूर्ण दाउ हो, सफल होला?
अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने तीन जना पक्राउ
हिमालीविपद् सामना गर्न नेपाल–चीन सहकार्य आवश्यक : चिनियाँ राजदूत झाङ
बाढीका कारण बैंकका १७ वटा शाखा प्रभावित, ७२.४ करोडको क्षति
दुई दिनमा भारतबाट ३ लाख ४५ हजार सिलिन्डर ग्यास आयात
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
प्याब्सनद्वारा विपद् राहत कोषमा १२ करोड सहयोग, पाँच विद्यालयका लागि २ करोड
नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान