टोखा नगरपालिका क्रिकेट कप : वर्षा बाधक बन्दा सत्य साई र सरस्वती स्कूल संयुक्त रूपमा विजेता घोषित

काठमाडौं ।  वर्षा बाधक हुँदा टोखा नगरपालिका स्तरीय क्रिकेट कपको उपाधी  श्री सत्य साई शिक्षासदन र श्री सरस्वती हाई स्कूलले संयुक्त रूपमा उपाधी जितेका छन् । सेभ एन्ड सस्टेन र टोखा नगरपालिकाको संयुक्त आयोजनामा आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल वर्षाले सम्भव नभएपछि फाइनल पुगेका दुई टोली श्री सत्य साई शिक्षासदन र श्री सरस्वती हाई स्कूललाई संयुक्त रूपमा विजेता घोषित घोषित हुँदै उपाधी जितेका हुन् ।

टि-१० फर्म्याटमा आयोजित प्रतियोगिता जेठ ५ गतेदेखि ११ गतेसम्म टोखा नगरपालिका खुलामञ्च भुतखेलमा भएको थियोे । क्रिकेट प्रतियोगितामा टोखा नगरपालिकाका १० विद्यालयको सहभागी रहेको थियोे । प्रतियोगिताको उद्घाटन र समापन समारोहमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान एवं नेपाल क्रिकेट संघका सचिव पारस खड्का प्रमुख अतिथिका रूपमा उपस्तिथि थिए ।

सचिव पारस खड्काले “यस्ता प्रतियोगिताबाट भविष्यका राष्ट्रिय खेलाडीहरू जन्मिन्छन् भन्ने विश्वास लिएको छु । मेहनत र लगन नै सफलता प्राप्तिको मूल चाबी हो । टोखा नगरपालिकाले झैं हरेक पालिकाले क्रिकेट प्रतियोगितालाई यसैगरी आयोजना गरेको खण्डमा क्रिकेट खेलको विकास एवं प्रबर्द्धनमा सहयोग पुग्ने बताएका थिए । प्रतियोगितामा सहभागी १० टिमलाई दुई समुहमा विभाजन गरि टि-१० फ्रम्याटमा प्रतिस्पर्धा गराइएको थियोे ।

समूह ए मा एपी स्कूल, श्री सत्य साई शिक्षासदन, त्रियोग हाई स्कूल, काठमाडौं यूरो स्कूल र प्यारामाउन्ट एकेडेमी रहेका थिए । त्यसैगरी समूह बी मा एपी च्यालेन्जर्स, सरस्वती हाई स्कूल, डिभाइन स्कूल, त्रिवेणी सदन इंग्लिश सेकन्डरी स्कूल र नितेन मेमोरियल स्कूल रहेका थिए । समुह चरणमा प्रत्येकल्र टोलीले चार–चार खेल खेलेका थिए ।

प्रतियोगिताको फाइनल खेल वर्षाले बाधक बन्दा फाइनल पुगेका श्री सत्य साई शिक्षासदन र सरस्वती हाई स्कूललाई संयुक्त रूपमा विजेता घोषणा गरिएको प्रतियोगिताका संयोजक एवं राष्ट्रिय क्रिकेट खेलाडी खुशी डंगोलले जानकारी दिइन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी सौरभ गोइत घोषित हुँदा उत्कृष्ट ब्याटर अनिश खड्का चुनिएका थिए । त्यसैगरी उत्कृष्ट बलर आशीष मण्डल चुनिदा प्रतियोगिताको उदीयमान खेलाडी प्रशिष के.सी. घोषित भए ।

विजेता टोली र उत्कृष्ट खेलाडीहरुलाई पुर्व कप्तान पारस खड्काले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिताकी संयोजक डंगोलले प्रतियोगिताभर साथ सहयोग गर्ने सम्पुर्णमा आभार व्यक्त हर्दै आगामी दिन यो क्रिकेट प्रतियोगितालाई सभ्य भब्य तौरबाट आयोजना गर्ने प्रतिबद्ध व्यक्त गरेकी थिइन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार