
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ९७ अङ्कले घटेर दुई हजार ६४६ दशमलव ९५ को विन्दुमा कायम भएको हो ।
आज तीन सय १३ कम्पनीको एक करोड ३७ लाख ८२ हजार चार सय ६८ कित्ता शेयर ५९ हजार एक सय ३० पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब १६ करोड ३३ लाख ३४ हजार पाँच सय २२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा म्युचुअल फन्ड र व्यापार समूह मात्रै बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड र प्युअर इनर्जी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य पाँच दशमलव ८१ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै अरुण काबेली पावर लिमिटेडको रु ३६ करोड २५ लाख ५९ हजार बराबरको १३ लाख ४५ हजार चार सय २६ कित्ता शेयर किनबेच भएको छ ।












समाचार
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व
आजको मौसम : मनुसनी वायुको प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, चिनियाँ राष्ट्रपति सी भारतमा
प्लेस्टेशनले १८ वर्षमाथिका लागि बनाएको वुल्भरिन गेम जोखिमपूर्ण दाउ हो, सफल होला?
अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने तीन जना पक्राउ
हिमालीविपद् सामना गर्न नेपाल–चीन सहकार्य आवश्यक : चिनियाँ राजदूत झाङ
बाढीका कारण बैंकका १७ वटा शाखा प्रभावित, ७२.४ करोडको क्षति