
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का नेपाल मिसन प्रमुख डा सरावतजहानबीच भेटवार्ता भएको छ। बुधबार महासङ्घ सचिवालय टेकुमा भएको भेटवार्तामा आर्थिक वर्ष २०८२/८३ को बजेट, मौद्रिक नीति, नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र नेपाल सरकारसँगको सहकार्यका विषयमा छलफल भएको अध्यक्ष ढकालको सचिवालयले जनाएको छ ।
त्यस अवसरमा महासङ्घका अध्यक्ष ढकालले चालु आवको बजेटले निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख चालक शक्तिका रूपमा प्राथमिकता दिएको बताए । उनले भने, “हामीले बजेटलाई सकारात्मक रूपमा लिएका छौँ । बजेटले छ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ, जुन कार्यान्वयनमा इमानदार भए सम्भव छ ।” अध्यक्ष ढकालले आर्थिक विकास र समृद्धिका लागि सुशासन र नीतिगत स्थायित्व सुनिश्चित गर्न महासङ्घले सरकारसँग पैरवी गर्दै आइरहेको धारणा राखे ।
डा सरावतजहानले आर्थिक वर्ष २०८२/८३ को बजेटका सन्दर्भमा निजी क्षेत्रको धारणा र सरकारले बजेटमार्फत लिएको आर्थिक वृद्धिको लक्ष्य, मौद्रिक नीतिमा निजी क्षेत्रको अपेक्षालगायत नेपालको समग्र अर्थतन्त्रका बारेमा जानकारी लिएका थिए। साथै उनले नेपाल सरकार र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबिचको सहकार्य तथा आइएमएफले सरकारसँग नयाँ सहकार्यका बारेमा छलफल गरिरहेको जानकारी दिए।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि