
कर्णाली । कर्णाली प्रदेशमा कार्यरत करार सेवाका सवारी चालकहरुले सामाजिक सुरक्षा कोषमा समेट्नुपर्ने माग गर्दै नौ बुँदै मागपत्र बुझाएका छन् । उनीहरुले स्वीकृत दरबन्दीभित्रका श्रेणीविहीन कर्मचारीहरुलाई सामाजिक सुरक्षा ऐन, २०७४ तथा नियमावली, २०७५ ले प्रदत्त गरेको अधिकार बमोजिम सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न माग गर्दै आज कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल तथा आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह समक्ष माग पत्र बुझाएका हुन् ।
सरकारी तथा संस्थान सवारी चालक एशोसियशन कर्णाली प्रदेशका उपाध्यक्ष हरि खरेलले सामाजिक सुरक्षा नियमावली, २०७५ को नियम २ को खण्ड (घ) बमोजिम यस कार्यक्रममा समेट्ने व्यवस्था मिलाउन माग गरिएको बताए । खरेलका अनुसार कर्णालीमा प्रदेश तथा स्थानीय तहमा काम गर्ने श्रेणीविहीन हलुका सवारीचालक करिब २५० र त्यही हाराहारीमा कार्यालय सहयोगी छन् ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम