सन्दिप लामिछाने चम्किदा नेपाल विजयी, कसको कति योगदान ?

त्रिदेशीय टी–२० अन्तराष्ट्रिय सिरिजमा नेपालले घरेलु टोली स्कटल्याण्डमाथि २ विकेटको जित निकालेको छ । स्कटल्याण्डले दिएको ९८ रनको सामान्य लक्ष्य नेपालले अन्तिम १ बल बाँकी छँदा मात्रै पुरा गर्यो । नेपालले १९ ओभर ५ बलमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए । उनले ३५ बलमा उनले ४ चौका प्रहार गरे ।

लोकेश बम ९, अनिलकुमार शाह ३, कप्तान रोहित पौडेल ७, बसिर अहमद १३, रुपेश सिंह ३, किरण ठगुन्ना १० र दीपेन्द्रसिंह ऐरी १४ रनमा आउट भए । सन्दीप लामिछाने एक र करण केसी ३ रनमा अविजित रहे ।

बलिङमा स्कटल्याण्डका माइकल लिस्क र सफायान सरिफले समान २ विकेट लिए । टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्ड १९ ओभर ४ बलमा ९७ रन बनाएको थियो । नेपाली बलरसामु स्कटल्याण्डका ब्याट्समेनहरु चल्न सकेनन् । स्कटल्याण्डका माइकल लिस्कबाहेक अन्य ब्याटर खुलेर खेल्न सकेनन् । माइकल लिस्कले सर्वाधिक ४७ रन बनाए ।

बलिङमा नेपालका स्पीनर सन्दीप लामिछाने चम्किए । उनले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभर बलिङमा ११ रन खर्चेर ४ विकेट लिए । करण केसी र दीपेन्द्रसिंह ऐरीले २–२ र ललित राजवंशीले एक विकेट लिए । पहिलो खेल सोमवार नेपाल नेदरल्याण्डसँग पराजित भएको थियो । अब तेस्रोे खेल पनि नेपालले नेदरल्याण्डसँगै बिहिवार खेल्दैछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार