
काठमाडौं । विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि दक्षिण अफ्रिकी क्रिकेटर फाफ डु प्लेसिस लाई अनुबन्ध गरेको छ । विराटनगर किङसले विज्ञप्ति जारी गर्दै डु प्लेसिसलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।
डु प्लेसिस अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडीमध्ये एक हुन् । कप्तानको रुपमा देश दक्षिण अफ्रिका र आइपिएलको फेन्चाईज आरसिबी लाई नेतृत्व गरेको अनुभव उनीसँग छ । उनको अनुभव र नेतृत्वले टोलीलाई अझ बलियो बनाउने विश्वास विराटनगर किङ्सले गरेको छ ।
‘फाफ डु प्लेसिसजस्ता विश्वस्तरीय खेलाडी आउनु विराटनगर किंग्स र एनपिएलको लागि गर्वको कुरा हो। उनको आगमनले विराटनगर किंग्स र एनपिएलको लागि आउने दिनमा अन्य विश्व स्तरिय खेलाडी आउन अझ उत्साहित हुनेछन,’ विराटनगका टिम डाइरेक्टर दिपेन्द्र चौधरीले भने । डु प्लेसिसले दक्षिण अफ्रिकाबाट ६९ टेस्ट, १ सय ४३ ओडिआई र ५० टि ट्वान्टी आई खेलेका छन्। टि ट्वान्टी आईमा ३५.५३ को औसतमा १ हजार ५ सय २८ रन बनाएका थिए ।












समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना