
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको सटहीदर अनुसार अमेरिकी डलर, युरो र पाउण्डको मूल्य घटेको छ । आज डलरको मूल्य २२ पैसा, पाउण्डको ४७ र युरोको मूल्य २० पैसाले घटेको हो ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य घटेर एकको खरिददर १३८ रूपैयाँ २४ पैसा र बिक्रीदर १३८ रूपैयाँ ८४ पैसा कायम भएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०६ पैसा रहेको थियो । त्यस्तै आज युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ २० पैसा र बिक्रीदर १५९ रुपैयाँ ८९ पैसा रहनेछ । अघिल्लो दिन युरो एकको खरिददर १५९ रुपैयाँ र बिक्रीदर १५९ रुपैयाँ ६९ पैसा कायम भएको थियो ।
आज पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रूपैयाँ ५१ पैसा र बिक्रीदर १८७ रूपैयाँ ३२ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८५ पैसा रहेको थियो । आज स्विस फ्र्याङ्क एकको खरिददर १६९ रूपैयाँ ०७ पैसा र बिक्रीदर १६९ रूपैयाँ ८० पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रूपैयाँ ६४ पैसा र बिक्रीदर ९० रूपैयाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रूपैयाँ ८६ पैसा र बिक्रीदर १०१ रूपैयाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रूपैयाँ ५८ पैसा र बिक्रीदर १०८ रूपैयाँ ०५ पैसा निर्धारण गरिएको छ । यस्तै, जापानी येन १० को खरिददर ९ रूपैयाँ ५० पैसा र बिक्रीदर ९ रूपैयाँ ५४ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ २५ पैसा र बिक्रीदर १९ रूपैयाँ ३४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रूपैयाँ, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०९ कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रूपैयाँ २२ पैसा र बिक्रीदर ४ रूपैयाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३२ रूपैयाँ ६५ पैसामा विनिमय हुनेछ ।
दक्षिण कोरियन वन १०० को खरिददर १० रूपैयाँ १० पैसा र बिक्रीदर १० रूपैयाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ३२ पैसा र बिक्रीदर १४ रूपैयाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपैयाँ ३४ पैसा र बिक्रीदर २१ रूपैयाँ ४३ पैसा तोकिएको छ । त्यस्तै, हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ६१ पैसा र बिक्रीदर १७ रूपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रूपैयाँ ४० पैसा र बिक्रीदर ४५३ रूपैयाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६४ रूपैयाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३६० रूपैयाँ ६० पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।













समाचार
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, चिनियाँ राष्ट्रपति सी भारतमा
प्लेस्टेशनले १८ वर्षमाथिका लागि बनाएको वुल्भरिन गेम जोखिमपूर्ण दाउ हो, सफल होला?
अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने तीन जना पक्राउ
हिमालीविपद् सामना गर्न नेपाल–चीन सहकार्य आवश्यक : चिनियाँ राजदूत झाङ
बाढीका कारण बैंकका १७ वटा शाखा प्रभावित, ७२.४ करोडको क्षति
दुई दिनमा भारतबाट ३ लाख ४५ हजार सिलिन्डर ग्यास आयात
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
प्याब्सनद्वारा विपद् राहत कोषमा १२ करोड सहयोग, पाँच विद्यालयका लागि २ करोड
नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान