
काठमाडौं । सेन्ट्रल अफ्रिकन रिपब्लिकको बाङ्गुईमा एक विद्युत् ट्रान्सफर्मर विस्फोटपछि बिहीबार भएको भागदौडमा परेर २९ बालबालिकाको मृत्यु भएको छ।
बाङ्गुई सामुदायिक अस्पतालका एबेल अस्सेले बीबीसीलाई दिएको जानकारी अनुसार विस्फोटको आवाज र धुवाँको कारण स्नातक परीक्षा दिइरहेका करिब ६ हजार विद्यार्थी आतङ्कित भए। त्यसपछि भागदौड मच्चिँदा दर्जनौं बालबालिका दबिएर ज्यान गुमाए।
घटनामा २८० भन्दा बढी बालबालिका घाइते भएका छन्। राष्ट्रपति फस्टिन–अर्चेञ्ज टौडेराले यस घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय शोकको घोषणा गरेका छन्। साथै, घाइते बालबालिकाको निःशुल्क उपचारको व्यवस्था गर्ने बताएका छन् । यो घटना राजधानीका पाँच विद्यालयका विद्यार्थीहरू लिसी बार्थेलेमी बोगांडा स्कुलमा स्नातक परीक्षा दिन जम्मा भएको समयमा भएको हो ।
फेसबुक प्रतिक्रिया













समाचार
नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित
नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै
ह्यालान्डको गोलमा सिटीको जित
कोरिडोर केन्द्रित कृषि उत्पादन कार्यक्रम
सुखद खबरको पर्खाइमा परिवार
किभमा तीन दिन हवाई आक्रमण रोक्न पुटिनको आदेश
भोटेकोशी विपद्को असरबाट पोखराको पर्यटन जोगाउन निजी क्षेत्रको चिन्ता
‘मातृत्व जोगाउने अभियान’ : टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण
भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन
कास्कीमा प्रहरी कार्यालयबाट डीएनए संकलन