एकै पटक लिटरमा पाँच रुपैयाँले बढ्यो पेट्रोलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले मंगलबार (असार १७) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाइएको हो ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाइएको निगमले जनाएको छ । नयाँ मूल्य अनुसार पहिलो पेट्रोलको मूल्य पहिलो वर्गमा १६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६४ रुपैयाँ र तेस्रो वर्गमा १६५ रुपैयाँ पुगेको छ ।

त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १४६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४८ रुपैयाँ र तेस्रो वर्गमा १४९ रुपैयाँ पुगेको छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन् । त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ पर्छन भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपालय रहेका छन् ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार