
काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम महिनाको १६ दिनको अवधिमा सरकारले ४० अर्ब रुपैयाँ आम्दानी गर्दा खर्च भने करिब खर्ब नजिक गरेको छ । सङ्घीय सरकारले चालु आर्थिक वर्षको असार महिनाका १६ दिनमा ४० अर्ब रुपैयाँ आम्दानी गर्दा ९६ अर्ब ८६ करोड ८८ लाख रुपैयाँ खर्च गरेको हो ।
महालेखा परीक्षकको कार्यालयको तथ्यांक अनुसार सरकारले चालु, पुँजीगत तथा वित्तीय व्यवस्था समेतमा गरी सो बराबरको खर्च गरेको हो । खर्च गरेको रकममध्ये चालु खर्चतर्फ यो अवधिमा ५८ अर्ब ९९ करोड ६० लाख रुपैयाँ, पुँजीगततर्फ १६ अर्ब ५३ करोड ६० लाख रुपैयाँ तथा वित्तीय व्यवस्थातर्फ २१ अर्ब ३५ करोड ४ लाख रुपैयाँ खर्च गरेको छ ।
योसँगै चालु आर्थिक वर्षको यो अवधिसम्म १३ खर्ब ७९ अर्ब ८२ करोड रुपैयाँ खर्च गरेको छ । यसमध्ये चालुतर्फ ९ खर्ब १० अर्ब ५७ करोड, पुँजीगततर्फ १ खर्ब ५९ अर्ब ९२ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ९ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड खर्च गर्ने लक्ष्य लिएको थियो । योमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड रुपैयाँ खर्चको लक्ष्य थियो ।
गत जेठ १५ गते अर्थ मन्त्रालयले उक्त बजेट खर्चको संशोधित अनुमान गरेको थियो । यसमध्ये चालुतर्फ १० खर्ब ९ अर्ब ४८ करोड, पुँजीगततर्फ २ खर्ब ९३ अर्ब ८६ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ५८ अर्ब ४६ करोड रुपैयाँ बराबरको खर्च गर्ने लक्ष्य छ । यो अवधिमा सरकारले कुल ४० अर्ब ३३ करोड ९९ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । कर राजश्व, गैरकर राजस्व, अनुदान र अन्य आम्दानी समेत गरी यस अवधिमा सो बराबरको आम्दानी प्राप्त भएको हो । यो रकममध्ये कर राजस्वतर्फ ३४ अर्ब ९३ करोड २८ लाख, गैरकर राजस्वतर्फ २ अर्ब ५५ करोड ७३ लाख तथा अनुदानतर्फ २ अर्ब ७३ करोड ९७ लाख तथा अन्य आम्दानीतर्फ ११ करोड १ लाख रुपैयाँ आम्दानी रहेको छ । सरकारले यो आर्थिक वर्षमा कुल १४ खर्ब १९ अर्ब ३० करोडको राजस्व तथा ५२ अर्ब ३२ करोड २० लाख रुपैयाँ बराबरको अनुदानको लक्ष्य थियो ।
गत बजेट वक्तव्यमा १२ खर्ब ६७ अर्ब ३९ करोड र अनुदान ३४ अर्ब ८९ करोड आउने संशोधित अनुमान गरिएको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू