
काठमाडौं । थाईल्यान्डकी प्रधानमन्त्री पेटोंगटन सिनावात्रा निलम्बित भइएकी छिन् । उनलाई एक विवादास्पद फोनकलपछि मंगलबार पदबाट निलम्बन गरिएको हो ।
उनीमाथि आचारसंहिता उल्लंघन गरेको आरोपमा संविधान अदालतले छानबिन सुरु गरेको छ । ३८ वर्षीया सिनावात्राले १० महिनाअघि मात्र प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । तर कम्बोडियाका पूर्व प्रधानमन्त्री हुन सेनसँगको गोप्य फोन वार्ताले उनको पद नै संकटमा पारेको छ ।
३६ जना सांसदहरूले दिएको निवेदनपछि संविधान अदालतले उनलाई निलम्बन गर्ने निर्णय गरेको अन्तराष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । अब अदालतको अन्तिम फैसला नभएसम्म उनी प्रधानमन्त्रीको हैसियतमा काम गर्न नपाउने भएकी हुन् ।
फोनकलमा उनले हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गर्दै आफ्नै सेनाको आलोचना गरेकी थिइन् । यसले थाइल्यान्डमा राष्ट्रहित विपरीत व्यवहार गरेको भन्दै चर्को आलोचना भएको छ । यस घटनापछि सरकारको प्रमुख साझेदार भुमजैथाई पार्टीले सत्तारूढ गठबन्धन छाडेको छ । जसले उनको फेउ थाइ पार्टीको बहुमतमा संकट ल्याएको छ ।












समाचार
इरानको लारक द्वीपमा अमेरिकी आक्रमण
कांग्रेस संसदीय दलको बैठक बस्दै
एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै
किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष
शिक्षक हत्याः आरोपितको ११ जनाको नामावली सार्वजनिक
पशुपती रिन्यूएबल्सको साधारणसभा आह्वान, लाभांश प्रस्ताव पारित गर्ने
जिल्ला कारागार मोरङका कैदीबन्दीले गरे सीडीओविरुद्ध नाराबाजी
नर्भिक अस्पतालको छैटौं वार्षिक साधारण सभाको मिति परिवर्तन
१ सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द
भोटेकोशी बाढीः काभ्रेका ४१ अझै सम्पर्कविहीन, आठ जना परिवारको सम्पर्कमा