
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना किसानलाई अनुदान रकम उपलब्ध गराएको छ । उत्पादनमा आधारित कार्यक्रमअन्तर्गत किसानलाई अनुदानमा रकम उपलब्ध गराइएको हो ।
प्रतिकठ्ठा रु एक हजारका दरले किसानलाई अनुदान रकम उपलब्ध गराइएको नगरपालिकाका कृषि विकास शाखा प्रमुख करनसिंह बुढा ऐरले बताए । कम्तीमा तीन कठ्ठा र बढीमा एक बिघा चार कठ्ठासम्म जग्गामा मुङखेती गर्ने किसानलाई बैंक खातामार्फत अनुदान रकम उपलब्ध गराइएको उनले जानकारी दिए ।
सामूहिक रूपमा खेती गर्ने तीन समूहलाई छ बिघा बढीमा अनुदान रकम दिइएको उनको भनाइ छ । “मुङखेतीको उत्पादनप्रति कठ्ठा एक क्विण्टल छ । यसका लागि रु नौ लाख बजेट सङ्घीय सरकारबाट विनियोजन भई आएकोमध्ये रु आठ लाख ७५ हजार किसानलाई अनुदानमा उपलब्ध गराएका छौँ”, शाखा प्रमुख ऐरले भने, “बाँकी रकम फिर्ता हुने भएको छ ।”
मुङखेती छोटो समय ९६०–७० दिन० मा उत्पादन दिनसक्ने बालीका रूपमा रहेको शाखाका कृषि विकास अधिकृत विनयराज जोशीले बताए । “यस बालीबाट कम लागतमा बढी फाइदा लिन सकिन्छ, यसले माटोको उर्वराशक्ति सुधार्ने र आगामी बालीको उत्पादन क्षमता बढाउने भएकाले किसानको आर्थिक र पर्यावरणीय दृष्टिकोणले यो खेती गर्नु उपयुक्त मानिन्छ ।” मुङखेतीले किसानलाई हरित मल, प्रोटिनयुक्त खाद्य र नगद आम्दानी प्रदान गर्ने उनको भनाइ छ ।
शाखाका अधिकृत जोशीका अनुसार मुङमा २५ प्रतिशत प्रोटिन, सजिलै पच्ने गुण र पोषणका अन्य तत्वहरू पाइन्छन् । यसबाट पापड, दालमोठ, तितौरा, स्प्राउट्सलगायत विभिन्न परिकार बनाउन सकिन्छ । हरियो मुङको प्रयोग तरकारी, अचार र सलादका रूपमा प्रयोग गर्न सकिने उनले बताए । “मुङखेतीबाट माटोमा नाइट्रोजन थपिन्छ, जसले माटोको उर्वराशक्ति बढाउँदै रसायनिक मलको आवश्यकता घटाउँछ”, उनले भने, “यसले किसानलाई आयआर्जन बढाउने मात्र नभइ पोषण सुरक्षामा योगदान पु¥याउँछ, यी सबै कारणले मुङखेती शुक्लाफाँटा नगरपालिकाका लागि एक उत्कृष्ट र दिगो कृषि विकल्प बन्नसक्ने भएकाले अनुदानको कार्यक्रममा समेटेका छौँ ।”
मुङखेतीका लागि माटोको पिएच मान ९तटस्थता० ७६ दशमलव ९२ हुनुपर्ने जनाउँदै जोशीले यहाँको माटोमा उक्त तत्व रहेको बताए । वर्षा र वसन्त ऋतु दुवैमा यसको खेती सम्भव रहेको कृषि प्राविधिकहरूको भनाइ छ । नगर क्षेत्रमा ९२ प्रतिशत किसानमा सिँचाइको पहुँच रहेकाले यसको खेती गर्न समस्या नरहेको कृषि विकास शाखाले जनाएको छ ।













समाचार
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन
बेतबाँसको सीपले बर्दियाका अपाङ्गता भएका परिवारमा जगायो नयाँ आशा
बेनी हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै