
काठमाडौं । भारतले इङ्ग्ल्यान्डसँगको ५ टेस्टको सिरिजमा १–१ को बराबरी गरेको छ। दोस्रो टेस्टमा आइतवार पाहुना टोलीले ३३६ जित निकाल्दै सिरिजलाई बराबरी पुर्याएको हो ।
पाँचौ तथा अन्तिम दिन जेमी स्मिथले साहसिक प्रतिकार गरे पनि भारतका बलरले इङ्ग्ल्यान्डलाई दोस्रो इनिङमा २७१ रनमा अल आउट गरेका थिए । घरेलु टोली इङ्ल्यान्डले ६ सय ८ रनको विशाल लक्ष्य तर्फ आक्रामक रुपमा प्रस्तुत नभई खेल बराबरीमा टुंग्याउने रणनीतिमा देखिएको थियो । तर त्यो सफल हुने सकेन । ३ विकेटको नोक्सानीमा ७२ रनबाट इङ्ग्ल्यान्डले अन्तिम दिनको खेल अघि बढाएको थियो ।
भारतीय सिमर आकाश दीपले ओली पोपलाई तेस्रो ओभरमै र ह्यारी ब्रुकलाई २३ रनमा आउट गरे । लञ्चअघि अन्तिम ओभरमा बेन स्टोक्स आउट भएपछि टोली दबाबमा पर्यो । त्यसपछि विकेटकिपर स्मिथले धर्यतापूर्वक ब्याटिङ गरे । पहिलो इनिङमा अविजित १८४ रनका स्मिथले दोस्रो इनिङमा ८८ रन बनाए। आकाशले आफ्नो आठौं टेस्टमा पहिलोपटक ५ विकेट लिने सफलता हासिल गरे।
आकाशले ब्राइडन कार्सलाई आउट गर्दै ६–९९ को प्रदर्शनसहित खेलमा १० विकेट लिए । पहिलो टेस्टमा इङ्ल्यान्डको प्रभावशाली जितपछि भारतको संभावना माथि शंका गरिँदै थियो। तर अब भारतले एजबास्टनमा नवौँ प्रयासमा पहिलो टेस्ट जित हात पार्यो । कप्तान शुभमन गिलको दोहोरो शतकसहित भारतले पहिलो इनिङमा ५८७ बनाएको थियो । गिलको शतकमा ६ विकेटको नोक्सानीमा ४२७ रन बनाउँदै भारतले इनिङ समाप्तिको घोषणा गरेको थियो। इङ्ग्ल्याण्डले पहिलो इनिङमा ४०७ रन बनाएको थियो। तेस्रो टेस्ट बिहीवार लड्र्समा सुरु हुनेछ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह