
काठमाडौं । मंगलबार बिहान आएको बाढीका कारण करिब २५० मेगावाट विद्युत केन्द्रीय प्रसारण लाइनबाट विच्छेद भएको छ । नेपाली विद्युत प्राधिकरणका अनुसार मंगलबार भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रबाट सञ्चालित आयोजनाहरुबाट उक्त विद्युत विच्छेद भएको हो ।
प्राधिकरणका अनुसार रसुवागढी जलविद्युत् आयोजनाको हेडवक्र्स पूर्णरूपमा क्षति भएको छ । त्यस्तै चिलिमे जलविद्युत आयोजनाको टेलरेसबाट पानी छिरेको छ भने त्रिशूली–३ ए जलविद्युत आयोजनाको ड्याम साइटको दुई वटा गेटमा क्षति पुगेको छ । यसैगरी त्रिशूली–३ बी को सबस्टेसनमा खोलाले धार परिवर्तन गरी सबस्टेसनभित्र छिरेको र हालसम्म १३२ केभीको बेलगायत संरचनामा क्षति पुगेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार त्रिशूली करिडोरको रसुवागढी, त्रिशुलि–३ ए, देवीघाट, त्रिशूली लगायत निजी क्षेत्रको अपर मैलुङ टाडी गरी लगभग २५० मेगावाट विद्युत् प्रणालीबाट विच्छेद भएको छ ।
२४ असारमा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य तथा प्रसारण निर्देशनालयका निमित्त उपकार्यकारि निर्देशक राजन ढकाल सहित उच्चस्तरीय प्राविधिक टोलीले क्षतिग्रस्त आयोजना निरीक्षण अनुगमन गरेको थियो ।













समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तबीच भदौ २१ गतेदेखि एकीकृत कारोबार गर्ने
स्याङ्जामा एक वर्षमै ३३४ उद्योग खारेजी, ५ करोडभन्दा बढी लगानी बाहिरियो
नेपाली एआई प्रविधि ‘टिङटिङ’ श्रीलंकाको बजारमा प्रवेश
अमेरिकासँग व्यापार वार्ता भाँडिएपछि क्यानडाले ‘डलर फोर डलर’ कर लगाउने
टिकटकले अमेरिकालाई ४० करोड डलर तिर्ने, बालबालिकाको गोपनीयता उल्लंघन गरेको आरोप
नेपाल ‘ए’ को खराब प्रदर्शन जारी, बंगलादेशसँग ९ विकेटले पराजित
‘हिमाली बौद्ध धर्ममा जीवन र पुनर्जन्म’बारे बौद्ध विद्वानहरूको गहन विमर्श
जंगली जनावरले किसानको खेती सकाएपछि अर्घाखाँचीमा वन्यजन्तु शिकारका लागि लाइसेन्स खुला
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि