
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले टि २० विश्वकपको एसिया र पूर्वी एसिया प्यासिफिक क्वालिफायरका लागि ३२ जना खेलाडीलाई क्लोज क्याम्पमा राखेको छ । आज घोषित क्लोज क्याम्पको सूचीमा अलराउन्डर मोहम्मद आदिल आलमले कमब्याक गरेका छन् ।
आलम क्यानले २०७९ सालमा आयोजना गरेको टि २० क्रिकेट लिग प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा प्रतिवन्धमा परेका थिए । तर, अदालतले अदिलासहित फिक्सिङको आरोप लागेका पाँच क्रिकेटरलाई दावी नपुग्ने भन्दै सफाइ दिएको थियो । त्यसपछि क्यानको इन्टिेग्रिटी कमिटीले आवश्यक प्रक्रिया पूरा गरी प्रतिवन्ध फुकुवा गर्न सिफारिस गर्यो । त्यही बमोजिम २०८२ वैशाख २१ गतेदेखि लागु हुने गरी उनको प्रतिवन्ध फुकुवा भएको हो ।
प्रतिवन्ध फुकुवापछि उनी पहिलोपटक बन्द शिविरमा समेटिएका छन् र उनले राष्ट्रिय टिममा कमब्याक गर्ने बाटो खुलेको छ । पछिल्लो समय राष्ट्रिय टिमबाट हटाइएका कुशल मल्ल र सन्दीप जोरालाई क्लोज क्याम्पमा राखिएको छ । यस्तै, रुपेश सिंह, अर्जुन घर्ती, युवराज खत्री, किरण ठगुन्ना, शुभ कंसाकारलगायत युवा खेलाडीहरुले पनिमौका पाएका छन् ।
नेपालले आगामी अक्टोबरमा ओमानमा हुने टि २० विश्वकप छनोट खेल्दै छ । उक्त प्रतियोगितामा समूह २ मा परेको नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा ९ वटा टिम सहभागी रहनेछन् । सुपर सिक्सको अन्त्यमा शीर्ष ३ टोलीले भारत र श्रीलंकामा सन् २०२६ मा आयोजना हुने टि २० विश्वकपमा स्थान बनाउनेछन् ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह