
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईँ मन्त्री दिपक खड्काले अहिलेको सरकार उर्जा विकासमा अग्रसर रहेको बताएका छन् । ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को २३ औँ साधारण सभामा बोल्दै ऊर्जा मन्त्री खड्काले अहिलेको सरकारले ऊर्जा क्षेत्रको विकास लागि नै सरकारले ऊर्जा मार्गदर्शन ल्याएको बताएका हुन् ।
बिक्री गर्ने विषय अघि बढाउँदा मद्दा परेको भन्दै यस्ता कार्यक्रमहरु रोकिनु पर्ने उनको भनाइ छ । पिपिए अहिले पुन सुरु भएको भन्दै उनले यसलाई अझ सहज बनाउने गरि लागिरहेको पनि बताए । उनका अनुसार सरकार आफ्नो लक्ष्यलाई हासिल गर्ने गरि अघि बढीरहेको छ ।
टेक एण्ड पे मा पनि बुझाइमा मात्रै फरक परेको उनको भनाइ थियो । प्रसारण लाइन पुगेको स्थानमा बुझेर सम्झौता गर्नु पर्छ भन्ने गरि टेक एण्ड पे आएको भए पनि त्यसमा केही द्धिविधा भएकाले त्यसमा पनि परिमार्जन भएको उनले बताए । सरकार एक्लैले सबै काम गर्न नसक्ने अवस्था रहेकाले निजी क्षेत्रको सहभागिता पनि आवश्यक रहेको उनको भनाइ छ ।
मुलुकको हित अनुकूल कानुन निर्माण हुने भन्दै आफ्नो मुलुकलाई हेरेर कानुन निर्माण हुने भएकाले तर्सिनुपर्ने, आत्तिनुपर्ने कारण नरहेको उनले बताए । ऐन ल्याउनै नहुने भन्नेकुरा गलत भएको भन्दै ल्याइएको ऐनमा संशोधन र परिमार्जनसहित अघि बढ्न सकिने उनले बताए ।
उनले आरसीओडीको समस्या रहेको स्वीकार गर्दै त्यसका लागि कमिटी नै गठन गरेर आरसीओडी पनि प्रोजेक्टको अवस्था हेरेर थपिदिने भन्ने निष्कर्ष निकालेको बताए । भूमि प्राप्तिका समस्या छन् भने कानुन परिमार्जन गरेर अघि बढ्न सकिने उनले बताए । २८ हजार ५ सयको रोडम्यापलाई पछ्याउने हो भने पनि लाखौँ मान्छेले यहीँ रोजगारी प्राप्त गर्नसक्ने उनले बताए । विकास समयको माग भएकाले कसैले रोकेर नरोकिने उनले स्पष्ट पारे ।













समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?