
काठमाडौं । लिभरपुलले लुइस डियाजका लागि बायर्न म्युनिखले गरेको प्रस्ताव अस्वीकार गरेको छ । बायर्नले गरेको ५८.६ मिलियन पाउण्डको सुरुआती प्रस्ताव लिभरपुलले अस्वीकार गरेको हो ।
जर्मन क्लब बायर्नले केही हप्ता अघि लिभरपुलसँग डियाजको बारेमा सम्पर्क गरेको बताइएको छ । तर त्यसबेला नै लिभरपुलले स्पष्ट रूपमा डियाज बिक्रीका लागि नरहेको जनाएको थियो । मंगलबार आफ्नो धारणा झनै बलियो बनाउँदै लिभरपुलले २८ वर्षीय कोलम्बियन फरवार्डका लागि बायर्नको पहिलो प्रस्ताव अस्वीकार गर्यो ।
डच प्रशिक्षक आर्ने स्लटको टोलीमा डियाजलाई एक महत्त्वपूर्ण सदस्यको रूपमा हेरिन्छ । लिभरपुलले उनलाई ८७ मिलियन पाउण्ड भन्दा बढी मूल्यांकन गरेको छ । उनको लिभरपुलसँगको सम्झौता सन् २०२७ मा समाप्त हुने छ । गएको सिजन उनले क्लब र राष्ट्रिय टोलीका लागि गरी २२ गोल गरेका थिए । तीमध्ये १३ गोल प्रिमियर लिगमा थिए । लिभरपुलले दोस्रो स्थानमा टोलीलाई १० अंकले पछि पार्दै प्रिमियर लिग जितेको थियो ।
डियाजप्रति अघिल्लो गर्मीयाम म्यानचेस्टर सिटीले चासो देखाएको थियो। उनलाई साउदी अरबमा पनि रुचाउने गरेको बताइएको छ । लिभरपुल नयाँ स्ट्राइकरको खोजीमा रहेको छ । क्लबले न्युक्यासल युनाइटेडका स्विडिस फरवार्ड अलेक्जेन्डर इसाकप्रति चासो देखाएको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू