
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा आरोहण मार्ग जोखिमपूर्ण बन्दै गएको निष्कर्षसँगै सुरक्षित वैकल्पिक मार्गको खोजी तथा अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । मन्त्रालयमा शुक्रबार मन्त्री पाण्डेको उपस्थितमा भएको उक्त छलफलमा खुम्बु आइसफल हुँदै क्याम्प–१ सम्म जाने हालको परम्परागत मार्ग आरोहीहरूका लागि अत्यन्तै जटिल र खतरनाक रहेकाले यसको विकल्प खोज्नु आजको आवश्यकता भएको निष्कर्ष निकालिएको हो ।
मन्त्री पाण्डेले बैठकमा भने, ’सगरमाथा हाम्रो राष्ट्रिय गौरवको प्रतीक हो । हरेक वर्ष यहाँ हजारौँ विदेशी र नेपाली आरोहीको चाप रहन्छ । उनीहरूको जीवनरक्षाका लागि हामीले सुरक्षित, वातावरणमैत्री र दीर्घकालीन समाधानको मार्ग खोज्नैपर्छ ।’ बैठकमा प्रसिद्ध फ्रेन्च पर्वतारोही मार्क मारी बटार्ट र नेपाली आरोही स्पिड काजी शेर्पाले हालसम्म आफूहरूले गरेको वैकल्पिक मार्गको खोज, सर्वेक्षण र फोटोग्राफिक दस्तावेजहरूको बारेमा विस्तृत जानकारी प्रस्तुत गरेका थिए ।
बटार्ड र शेर्पा सन् २०१८ देखि नै नयाँ मार्ग पहिचानको अभियानमा क्रियाशील छन् भने २०८१ सालमा पनि उनीहरूले नेपाल सरकारको समन्वयमा परीक्षण आरोहणमार्फत नयाँ सम्भावनाहरूको अध्ययन गरेका थिए ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि