
मनाङ। हिमाली जिल्ला मनाङ औषधीय जडीबुटी उत्पादनको केन्द्र मानिन्छ । पछिल्लो समय यहाँबाट आयुर्वेदिक औषधीय गुण भएका जडीबुटी निकासी बढ्दै गएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा यार्सागुम्बा, वन लसुन र जिम्बु निकासीबाट रु ३५ लाख ९१ हजार ९४० राजश्व सङ्कलन गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इकाई कार्यालयले जनाएको छ । इकाई कार्यालयका प्रमुख ढकबहादुर भुजेलले गत वर्ष यार्सागुम्बा ११२ दशमलव ६९३ किलोग्राम निकासी गरिएको जानकारी दिए ।
उनका अनुसार उक्त परिमाणको यार्सागुम्बा निकासी गरेबापत रु ३४ लाख ८५ हजार ९० राजश्व सङ्कलन भएको छ । वन लसुन तीन हजार १८६ दशमलव ३०० किलोग्राम निकासीबापत रु ९७ हजार ७५० र जिम्बु ९१० किलोग्राम निकासी गरेबापत रु नौ हजार १०० राजश्व सङ्कलन भएको भुजेलले बताए । उनले भने, “गत वर्ष तीन प्रकारका औषधीय जडीबुटी निकासी गरिएको छ । विगतमा जस्तो गुची च्याउ सङ्कलन भएको पाइएन, तर पनि राजश्व बढेको छ ।”
यार्सागुम्बा टिप्न जिल्लाका ४८८ र बाह्य एक हजार ३६ र वन लसुनका लागि २१४ स्थानीय र ७१५ बाह्य व्यक्तिले पुर्जी लिएका थिए । आव २०८०÷८१ मा यार्सागुम्बा, वन लसुन, जिम्बु र गुची च्याउ निकासी गरिएको थियो । जिम्बु ९३३ किलोग्राम निकासी गर्दा रु १० हजार २८०, वन लसुन दुई हजार २०५ किलोग्राम निकासी गरी रु ६६ हजार १५०, यार्सागुम्बा ७२ दशमलव ५४२ किलोग्राम निकासी गर्दा रु २२ लाख ४८ हजार ९०२ र गुची च्याउ चार किलोग्राम निकासी गर्दा रु दुई हजार गरी रु २३ लाख २७ हजार ३३२ राजश्व सङ्कलन गरिएको थियो ।
यस्तै, आव २०७९/८० मा औषधीय जडीबुटी निकासीबापत रु २६ लाख २२ हजार ६६९ राजश्व सङ्कलन गरिएको थियो । जिम्बु ११०८ दशमलव १०० केजी निकासीबापत रु ११ हजार ८१, वन लसुन १५६६ दशमलव २०० केजी निकासीबापत रु ४६ हजार ९९६, निगालो तीन हजार ३५० प्रतिगोटा निकासीबापत रु तीन हजार ३५०, यार्सागुम्बा ८२ दशमलव २०० केजी निकासीबापत रु २५ लाख ४८ हजार २००, साधारण च्याउ ३३९ केजी रु तीन हजार ३९० र टिम्बर २२ दशमलव ९८ क्युफिट निकासीबापत रु नौ हजार ६५२ राजश्व सङ्कलन भएको थियो ।
गत वर्षको तुलनामा केही जडीबुटी निकासी नगरिँदा पनि परिमाण वृद्धि हुँदा राजश्व बढेको प्रमुख भुजेलले बताए । “कम मूल्य पर्ने औषधीय जडीबुटी बढी परिमाणमा निकासी गरिएको छ भने केही जडीबुटीको निकासी नै गरिएको छैन । यस्तो अवस्थामा बढी मूल्य पर्ने जडीबुटीको परिमाण बढेको छ”, उनले भने।












समाचार
ट्रम्पको नयाँ कार्यकारी आदेश: जन्मसिद्ध अमेरिकी नागरिकतामा फेरि अङ्कुश लगाउने प्रयास
मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन
बाल सुरक्षामा मेटालाई ५६७ मिलियन डलर जरिवाना
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
उपकार लघुवित्तको नाफा २५२ प्रतिशतले बढ्यो, इपीएस कति ?
भिनिसियसले रियलसँग ६ वर्षको नयाँ सम्झौता गरे
माण्डु हाइड्रोपावरको १ करोड २२ लाख कित्ता सेयरको लकइन अवधि भदौमा सकिंदै
पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने, बोलायो साधारणसभा
१८१ प्रतिशतले बढ्यो सपोर्ट लघुवित्तको नाफ, अन्य सूचक कस्ता ?
मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह