
गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलको यथोचित सञ्चालनका लागि होटल सङ्घ पोखरा नेपालको टोलीले आज अर्थमन्त्री र युएईका राजदूतसँग छुट्टाछुट्टै भेट गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणअघि सङ्घको टोलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत प्रधानमन्त्रीलाई भारतका विभिन्न सहरबाट पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा सिधा उडानको पहलका लागि आग्रह गरेको हो ।
भेटमा अर्थमन्त्री पौडेलले पोखरा र भैरहवाको नयाँ विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालनका लागि आफूले सक्दो पहल गर्ने बताएको होटल सङ्घ नेपालका केन्द्रीय सदस्य एवं होटल सङ्घ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले जानकारी दिए । अर्थमन्त्रीले भेटको क्रममा पोखरा नयाँ पुल सुरुङमार्ग शिलान्यास हुने क्रममा रहेको जानकारी गराए । उक्त मार्गको डिपिआर तयार भइसकेको र चालु आर्थिक वर्षको बजेटमा केही रकम समेत छुटिएको जानकारी मन्त्री पौडेलले गराए ।
भेटमा अर्थमन्त्री पौडेलसँग चालु बजेटमा व्यवस्था गरिएको पर्यटन क्षेत्रलाई अन्य उद्योग सरहको सुविधाको व्यवस्थालाई कार्यान्वयन तहमा पु¥याउनसमेत आग्रह गरिएको थियो । नारायणगढ–बुटवल सडक र स्तरोन्नतिको अन्तिम चरणमा रहेको पोखरा मुग्लिन सडकको निर्माण कार्यलाई तीव्रता दिन मन्त्री पौडेलसँग सङ्घको टोलीले आग्रह गरेको थियो ।
यसैगरी सङ्घको टोलीले काठमाडौँस्थित संयुक्त अरब इमिरेट्स् (युएई) का राजदूत अब्दुल्ला सइद मुवारकसँग भेट गरी पोखरा–दुबई सिधा हवाई सम्पर्कका लागि पहल गरिदिन आग्रह गरेको थियो । भेटमा राजदूत अब्दुल्लाले पोखरा दुबई उडानका लागि आफूले फ्लाइ दुबईसँग कुरा राख्ने आश्वासन दिएको होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । पोखराको पर्यटन प्रवर्द्धन गर्ने र दुबईबाट पोखराको पर्यटन क्षेत्रमा लगानी भित्र्याउने विषयमा राजदूत सकारात्मक रहेको अध्यक्ष सुवेदीले बताए ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?
पञ्चकन्या माई हाइड्राको वित्तीय अवस्था : करिब ७ करोडको नोक्सानी पुरा गरि ६ करोड ६८ लाख नाफामा
२८८ प्रतिशतले बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, अन्य सूचक कस्ता ?
अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट