
स्याङ्जा । पुतलीबजार नगरपालिका–५ पौवैखोलामा मोटरेबल पुल निर्माण गरिएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको स्याङ्जा–पोखरा सडकखण्डको वैकल्पिक सडकका रूपमा विस्तार हुँदै गरेको बाडखोला–पौवैगौंडे–टक्सार–दुलेगौडा सडकखण्डअन्तर्गत पर्ने पौवै खोलामा मोटरेबल पुल निर्माण गरिएको हो ।
गण्डकी प्रदेश सरकारले विनियोजन गरेकोमध्ये रु एक करोड ८६ लाख ९२ हजारमा ठेकेदार कम्पनीसित ठेक्का सम्झौता भएको हो । पूर्वाधार विकास कार्यालय स्याङ्जा र राङखोला सिद्धबाबा निर्माण सेवाबीच २०८१ वैशाख १७ गते ठेक्का सम्झौता भएको थियो । विसं २०८२ साउन ६ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी रु एक करोड ८६ लाख ९२ हजारमा ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालयका प्रमुख दयाराम अधिकारीले जानकारी दिए ।
ठेक्का सम्झौता भएकोमध्ये ठेकेदार कम्पनीले रु एक करोड ७५ लाख ६९ हजार अन्तिम भुक्तानी पाएको हो । तोकिएको समयावधिभित्रै निर्माण सम्पन्न भएको पुलको लम्बाइ १५।६ मिटर रहेको छ । आठ दशमलव चार मिटर चौडाइको उक्त पुलमा छ मिटरमा गाडी गुड्न मिल्छ भने पुलको दायाँबायाँ दुवैतर्फ २।४ मिटरको फुटपाथ निर्माण गरिएको उनले जानकारी दिए ।
नवनिर्मित मोटरेबल पुलको शनिबार गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले उद्घाटन गरेका हुन् । मन्त्री केसीले प्रदेश सरकारले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर विकासको गति अघि बढाएको बताए । उनले दैनिक आवतजावत, व्यापार, व्यवसाय, कृषि उत्पादनको ढुवानी र अन्य सामाजिक क्रियाकलापमा अझ सहज हुने विश्वास व्यक्त गरे ।













समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तबीच भदौ २१ गतेदेखि एकीकृत कारोबार गर्ने
स्याङ्जामा एक वर्षमै ३३४ उद्योग खारेजी, ५ करोडभन्दा बढी लगानी बाहिरियो
नेपाली एआई प्रविधि ‘टिङटिङ’ श्रीलंकाको बजारमा प्रवेश
अमेरिकासँग व्यापार वार्ता भाँडिएपछि क्यानडाले ‘डलर फोर डलर’ कर लगाउने
टिकटकले अमेरिकालाई ४० करोड डलर तिर्ने, बालबालिकाको गोपनीयता उल्लंघन गरेको आरोप
नेपाल ‘ए’ को खराब प्रदर्शन जारी, बंगलादेशसँग ९ विकेटले पराजित
‘हिमाली बौद्ध धर्ममा जीवन र पुनर्जन्म’बारे बौद्ध विद्वानहरूको गहन विमर्श
जंगली जनावरले किसानको खेती सकाएपछि अर्घाखाँचीमा वन्यजन्तु शिकारका लागि लाइसेन्स खुला
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि