
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्र्तगतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेविजविरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधि आपूर्ति गरेको छ ।
विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा पवनजङ्ग रायमाझीले यसअघि नै खरिद भएर आपूर्तिका क्रममा रहेको औषधि प्रदेश सरकारहरूका स्वास्थ्य संस्थामा वितरण गर्नेगरी आपूर्ति केन्द्रहरूमा पुगिसकेको जानकारी दिए ।
रेविज तथा सर्पदंश उपचारमा प्रयोग हुने खोप तथा औषधि अभाव भएको समाचार आए लगत्तै चासो लिँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरूलाई अभाव नहुने गरी तत्काल आपूर्ति व्यवस्थापन गर्न निर्देशन दिएका छन्। उनले सम्बन्धित अधिकारीहरूलाई आपूर्ति अवस्था बढाएर तथा भावी दिनमा अभाव हुन नदिनेगरी आवश्यक सबै उपाय अपनाउन दिर्नेशन दिएका छन् । सोहीअनुसार स्वास्थ्य सेवा विभागले सबै प्रदेशहरूमा दुवै प्रकारका औषधि आपूर्ति गरेको हो ।
विभागको तथ्यांकअनुसार रेविजविरुद्ध उपयोग हुने ५१ हजार १ सय ८० भायल भ्याक्सिन प्रदेश आपूर्ति केन्द्रहरूमा पुगिसकेको छ । सबैभन्दा बढी बागमती प्रदेशमा आपूर्ति गरिएको छ । बागमतीमा १० हजार ८० भायल रेविजविरुद्धको खोप आपूर्ति भएको छ भने सर्पदंश विरुद्धको एक हजार भायल भेनम आपूर्ति भएको छ ।
यसैगरी, सर्पदंशका बढी समस्या आउने मधेस प्रदेशमा सर्पदंश विरुद्धको भेनम सबैभन्दा बढी दुई हजार पाँच सय तथा रेविज विरुद्धको खोप करिब पाँच हजार भायल आर्पूति गरिएको छ ।
मागका आधारमा अन्य प्रदेशमा भ्याक्सिन तथा भेनम आपूर्ति गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए । विभागले हाल आपूर्ति भएका अतिरिक्त दुई महिनाभित्र हालको आपूर्तिको चार गुणा बढी आपूर्ति हुने गरी व्यवस्था मिलाएको विवरण जनाएको छ ।













समाचार
सेयर बजारमा पुँजीगत लाभकर घटाउन रौनियारको माग, सेबोनलाई दिए १५ बुँदे सुझाव
निर्देशक सुब्बा र साहित्यकार अधिकारीलाई १ लाख ५० हजारको ‘दाहाल यज्ञनिधि पुरस्कार’
‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै
स्रोत नखुलेको ५२ लाख नगद सहित पर्साबाट ४ जना पक्राउ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
पहिरोका कारण दोसल्लेका नौ घरपरिवार विस्थापित
नाइमा मोबिलिटी एक्स्पो आजदेखि सुरु हुँदै, विद्युतीय र नवीनतम सवारीसाधनको भव्य प्रदर्शनी
फत्तेपुर दोभानमा रु २ करोड ६१ लाखको बेलिब्रिज निर्माण हुँदै
एकदिवसिय क्रिकेट टोलिको कप्तानमा पुनः सन्दीप लामिछाने
प्रतिनिधिसभाको बैठक बस्दै, खानी तथा खनिज पदार्थ विधेयक प्रस्तुत हुँदै