टि–२० अलराउण्डर विरीयताको दोस्रो स्थानमा उक्लिय दीपेन्द्र

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी टि ट्वान्टी आई अलराउण्डर वरीयताको दोस्रो स्थानमा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको पछिल्लो वरीयताको अलराउण्डर वरियता तर्फ दीपेन्द्र एक स्थान सुधार गरेर दोस्रो स्थानमा उक्लिएका हुन् ।

यसअघि दोस्रो स्थानमा रहेका रोस्टन चेस सात स्थान तल झदै नवौं स्थानमा पुगेपछि दीपेन्द्र दोस्रो स्थानमा उक्लिएका हुन् । टि ट्वान्टी आईको ब्याटिङ वरीयतामा भने दीपेन्द्र र कप्तान रोहित कुमार पौडेलको स्थान खस्किएको छ । टि ट्वान्टी आई तर्फ नै कुशल भुर्तेल र आसिफ शेखको ब्याटिङ वरीयता भने बढेको छ ।

टि ट्वान्टी आईको बलिङ तर्फ भने ललित नारायण राजवंशीले दुई स्थान सुधार गर्दै ५६औं स्थानमा उक्लिएका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार