काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । अघिल्लो दिन पनि उच्च अंकले घटेको बजार आज पनि उच्च अंकले घटेको हो ।
आज सेयर बजार परिसूचक ३१ दशमलव ५० अंकले घटेर २९२२ दशमलव ६३ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.०६ प्रतिशतले कम हो । आज सेयर बजारमा ५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको सेयर मूल्य घटेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ७१ अंकले घटेर ५०१ दशमलव १२ विन्दुमा पुगेको छ । आज परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन १८ अर्ब माथिको कारोबार भएको बजारमा आज करिब १६ अर्ब बढीको कारोबार भएको छ ।
आज बजारमा ३१८ कम्पनीका ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता सेयर १ लाख ६८ हजार ५९४ पटक खरिद बिक्री हुँदा १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार ९४४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।