
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले लक्ष्य भेटाउने गरी सिंचाई क्षेत्रको विकासमा लाग्नुपर्ने बताएका छन् । जलस्रोत तथा सिंचाई विभागको चौंथो त्रैमासिक एवम् वार्षिक समिक्षा गोष्ठीमा आज बोल्दै उनले कर्मचारी स्थायी सरकार भएकाले लक्ष्य भेटाउने गरी काम गर्नुपर्ने बताएका हुन् ।
“जनताप्रति उत्तरदायी भएर मुलुकलाई सम्झेर नतिजा दिनेगरी काम गरौँ,” उनले भने । उर्जामन्त्री खड्काले वर्षेपिच्छे ठूलो ऋण लिएर राष्ट्रिय गौरवका आयोजना निर्माण गर्दैगर्दा समयमा निर्माण कार्य नहुँदा राज्यलाई ठूलो भार पर्दै गएको भन्दै समयमै काम सम्पन्न गर्नेगरी लाग्नुपर्ने बताए । उनले देशभर २५ लाख हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पु¥याउनुपर्नेमा हालसम्म १५ लाख ८६ हजार हेक्टरमा मात्र सिंचाई सुविधा पुगेको बताउँदै प्रत्येक वर्ष १४ हजार हेक्टरमा सिंचाई सुविधाको लक्ष्य लिँदा काममा धेरै ढिलाई हुने बताए । कम्तिमा प्रत्येक वर्ष एक लाख हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पु¥याउनेगरी काम गर्नुपर्ने उनको भनाइ छ । उनले जिम्मेवारमा बस्नेहरुप्रति प्रश्न उठ्नु स्वभाविक भएकाले समयमै काम सम्पन्न गर्नेतर्फ सबै लाग्नुपर्ने बताए ।
जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक मित्र बरालले दिगो र भरपर्दो सिंचाई सुविधा पु¥याउने उदेश्यका साथ स्थापना भएको विभागले आर्थिक वर्ष २०८१/०८२ मा ८९.१५ प्रतिशत भौतिक प्रगती र ८१.२८ प्रतिशत वित्तिय प्रगती हाँसिल गरेको जानकारी दिए । आव २०८१/०८२ मा जलस्रोत तथा सिंचाई क्षेत्रमा रु ३३ अर्ब पाँच करोड वजेट विनियोजन भएकोमा रु २६ अर्ब ८६ करोड खर्च भएको छ । यस्तै, गत आवमा ५० किलोमिटर क्षेत्रफलमा तटबन्धन, ४७० हेक्टर जग्गामा उकास गरिएको विभागले जनाएको छ ।
यस्तै, विभागअन्तर्गत रहेका ६ वटा राष्ट्रिय गौरवका आयोजनाबाट दुई लाख ८७ हजार हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा र ८२.७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकोमा हालसम्म ६६ हजार ७१० हेक्टर जग्गामा सिंचाई सुविधा पुग्नुका साथै ४.७१ मेगावाट विद्युत उत्पादन हुँदै आएको छ ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना