
रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा पवित्र धार्मिक तीर्थ गोसाइँकुण्ड पुग्ने भक्तजनको प्राथमिक उपचारका लागि हिमालय उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालयन गरेको छ। सङ्घका कार्यकारी निर्देशक गोविन्द बस्यालका अनुसार आफ्नो संस्थाको तर्फबाट अक्सिजनसहित विशेषज्ञ चिकित्सकको टोली गोसाइँकुण्डको किनारमा खटेर शिविर सञ्चालन गरिरहेका छन्।
हालसम्म ११० जनाको प्राथमिक उपचार गरिसकिएको उनले जानकारी दिए। उनका अनुसार स्वास्थ्य टोलीमा डा पदम जोशीको नेतृत्वमा छ जना विशेषज्ञ चिकित्सक एवं एक जना स्वास्थ्य प्राविधिक सहजकर्ता रहेका छन्। समुद्र सतहबाट चार हजार ३८० मिटरको उचाइमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा श्वासप्रश्वासमा कमी भएर आएका बिरामीलाई अक्सिजन लगाएर उपचार सेवा दिइएको निर्देशक बस्यालले जानकारी दिए।
विगत २५ वर्ष अघिदेखि गोसाइँकुण्डका धार्मिक यात्रुलाई उपचार सेवा प्रदान गर्दै आएको उक्त संस्थाले यही साउनको मङ्गलबारदेखि स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको हो। सो संस्थाले शिविरमार्फत भक्तजनको स्वास्थ्य उपचारमा सहयोग गरिरहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ।
आफूहरूसँग आवश्यक सबै प्रकारका औषधि र अक्सिजन रहेकाले बिरामी पर्ने यात्रुले नआत्तिकन गोसाइँकुण्डमा हिमालय उद्धार सङ्घले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा सम्पर्क राख्न समस्त यात्रुसमक्ष अनुरोध गरिएको शिविरका टोली प्रमुख डा जोशीले बताए।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना