
पर्सा । पर्सा जिल्ला अदालतले गत आर्थिक वर्ष २०८१/८२ मा सात हजार दुई सय ४४ वटा मुद्दा फछ्र्यौट गरेको छ । अदालतले गत आवमा अघिल्लो आवको जिम्मेवारी सरेका र नयाँ दर्ता भएकामध्ये कूल १२ हजार छ सय ३५ मुद्दामध्ये ५७ दशमलव ३३ प्रतिशत मुद्दा फछ्र्यौट गरेको हो ।
न्यायाधीश दीपक खनालले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा पर्सा अदालतको मुद्दा फछ्र्यौटको प्रतिशतमा वृद्धि भएको जानकारी दिए । ‘‘पर्सा जिल्ला अदालतले अघिल्लो आवमा भने ५७ प्रतिशत मुद्दा फछ्र्यौट गरेको थियो । गत आर्थिक वर्षमा भएको मुद्दाको फछ्र्यौट प्रगति उन्मुख देखिएको छ,’’ उनले भने,‘‘मुद्दा फछ्र्यौटमा अदालतको मात्रै एकल भूमिका नभएर अन्य सरोकारवाला निकायको पनि भूमिका महत्त्वपूर्ण हुने गर्छ ।’’
अघिल्लो आवबाट जिम्मेवारी सरेका छ हजार ९२ र गत आवमा नयाँ दर्ता भएका मुद्दा सङ्ख्या भने छ हजार पाँच सय ४३ छन् । त्यस्तै अदालतमा १८ महिना नाघेका मुद्दाको सङ्ख्या तीन सय ६७ र दुई वर्ष नाघेका मुद्दाको सङ्ख्या भने तीन सय ३४ रहेका छन् । न्यायाधीश नन्दकिशोरप्रसाद यादवले अदालतले पनि न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजना अनुसार नै काम गर्दै आइरहेको जानकारी दिए । ‘‘चालु आर्थिक वर्षमा गत आर्थिक वर्षबाट सरेर आएका र नयाँ दर्ता हुने गरी करिब १३ हजार चार सय ६८ मुद्दा दर्ता हुने लक्ष्य राखेका छौँ,’’ उनले भने,‘‘चालु आवमा लक्ष्यको ६६ प्रतिशत अर्थात् आठ हजार आठ सय ३७ वटा मुद्दा फछ्र्यौट गर्ने लक्ष्य निर्धारण गरेका छौँ ।’’
अदालतका श्रेस्तेदार प्रभाकरकुमार मल्लिकले वार्षिक कार्ययोजना अनुसार नै लक्ष्य राखेर मुद्दाको फछ्र्यौट गर्ने योजना रहेको जानकारी दिए । अदालतमा ११ न्यायाधीश कार्यरत छन् । अदालतमा कार्यरत रहेका ती न्यायाधीशमध्ये न्यायाधीश माधवप्रसाद घिमिरेले गत आवभरिमा नौ सय ८३ मुद्दा फछ्र्यौट गर्न सफल भएका छन् । उनलाई आइतबार एक कार्यक्रमबीच दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
न्यायाधीश दीपक खनालले नौ सय ३९ मुद्दा फछ्र्यौट गरेका छन् । न्यायाधीश नन्दकिशोरप्रसाद यादवले सात सय ६२, न्यायाधीश आनन्दप्रसाद श्रेष्ठले छ सय ३०, न्यायाधीश प्रमेश पोखरेलले छ सय पाँच मुद्दा फछ्र्यौट गरेका छन् । त्यस्तै न्यायाधीश उत्तम सिलवालले काठमाडौँ र पर्सामा गरी छ सय २४, न्यायाधीश उपेन्द्रकेशर खनालले सिरहा र पर्सामा गरी छ सय ५७ मुद्दा फछ्र्यौट गरेका छन् ।
न्यायाधीश मोहन सुवेदीले पाँच सय ८४, न्यायाधीश मुकुन्द आचार्यले पाँच सय ३८, कमलकान्त जोशीले पाँच सय ६६, न्यायाधीश रुद्रप्रसाद सुवेदीले पाँच सय एक वटा मुद्दा वर्षभरिमा फछ्र्यौट गरेका छन् । पर्सा जिल्ला अदालतले गत आव नौ सय ५६ वर्ष तीन महिना एक दिन कैद बराबरको जरिवानाको लगत फछ्र्यौट गरेको छ । जबकि गत आवसम्म तीन हजार पाँच सय ५८ वर्ष ११ महिना ६ दिन कैदको लगत रहेको थियो गत आवभरिमा प्रति न्यायाधीश आठ सय ४३ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य तोकिएको थियो । न्यायाधीश खनालले अदालतले न्याय सम्पादन गर्दा अदालतको प्रक्रिया र कार्यविधिलाई आधार मानेर फैसला गर्ने बताए ।













समाचार
त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला भर्ने दर्शनार्थीको भीड
सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति
चिनाखेतका पहिरो पीडितलाई नगरपालिकाको राहत
धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु
ब्राउन सुगरसहित एक जना पक्राउ
पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १५ लाख धरौटीमा थुनामुक्त
मधेशको पछिल्लो घटनाबारे गृहमन्त्री र उद्योगमन्त्रीले गरे सांसदहरूसँग छलफल, कसले के भने ?
युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु
साँस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने
पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा मृत्यु भएका किलुको मंगलबार अन्त्यष्टि हुने