काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक उच्च अंकले घटेको छ । आज सेयर बजार परिसूचक २७.१४ अंकले घटेर २७६१.२२ विन्दुमा पुगेको हो ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ५.१५ अंकले घटेर ४७३.६७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटै परिसूचकको सेयर मूल्यमा गिरावट आएको छ । आज सेयर बजारमा १९१ कम्पनीको सेयर मूल्य घटेको छ भने ५८ कम्पनीको सेयर मूल्य बढेको छ ।
परिसुचक घटेको दिन ७ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३१७ कम्पनीको २ करोड ५ लाख १३ हजार ६२५ कित्ता सेयर ८६ हजार ६६९ पटक खरिद बिक्री हुँदा ७ अर्ब ७३ करोड ५१ लाख ९५ हजार ९४ रुपैयाँको कारोबार भएको छ ।