
काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रि आईपीओ नाम दिई सर्वसाधारणलाई सेयर बिक्री नगर्न, नगराउन आग्रह गरेको छ । बोर्डबाट अनुमति प्राप्त नगरी सार्वजनिक रुपमा संगठित संस्थाको सेयर खरिद बिक्री सम्बन्धी कार्य नगर्न नगराउन सूचित गरेको छ । यसरी धितोपत्र सम्बन्धी ऐन, २०६३ ले गरेको व्यवस्था विपरितका यस्ता कार्यहरु दण्डनीय भएकोले यस्ता क्रियाकलापमा संलग्न नहुन सबैलाई अनुरोध गरेको छ ।
सार्वजनिक निष्काशन नभएका विभिन्न संगठित संस्थाहरुको सेयर प्रि आईपीओको नाममा सामाजिक संजाल (ह्वाटस एप, फेसबुक ग्रुप, भाइबर तथा एसएमएस मार्फत प्रचार गरी अनाधिकृत रुपमा पैसा उठाइरहेकोले उक्त कार्य तत्काल रोक्न लगानीकर्ताहरुबाट बोर्डमा गुनासो प्राप्त भएको सन्दर्भमा यस विषयमा बोर्डको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
कम्पनीले निकट भविष्यमा आईपीओ निष्कासन गर्ने भन्दै सर्वसाधारणलाई सेयर खरिद गर्न प्रस्ताव गर्ने गरेको जनाएको छ । प्रचलित कानूनमा प्रि आईपीओ सम्बन्धी कुनै व्यवस्था नरहेको जनाएको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २९ को उपदफा (१) मा संगठित संस्थाले एक पटकमा ५० जना भन्दा बढी व्यक्तिहरुलाई धितोपत्र बिक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्र बिक्री वितरणको निमित्त सार्वजनिक निष्काशन गर्नु पर्नेछ भन्ने व्यवस्था रहेको स्मरण गराएको छ ।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय