
काठमाडौं । साताको सेयर कारोबार हुने चौथो दिन नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । अघिल्ला दुई दिन पनि बढेको बजार आज भने ५३.०१ अंकले बढेको हो । यो अघिल्लो दिनको भन्दा १.९१ प्रतिशतले धेरै हो ।
धेरै पछि सेयर बजारले २८०० विन्दु पार गरेको छ । आज नेप्से परिसूचक २८१९.१० विन्दुमा पुगेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ८.५२ अंकले बढेर ४८३.४२ विन्दुमा पुगेको छ । आज सेयर बजारका सबै १३ वटै उपसूचक हरियो देखिएको छ । आज बजारमा २३२ कम्पनीको सेयर मूल्य बढेको छ भने १९ कम्पनीको सेयर मूल्य भने घटेको छ ।
आज परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो दिन ४ अर्ब १८ करोड माथिको कारोबार भएको बजारमा आज ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४४१ रुपैयाँको सेयर खरिद बिक्री भएको छ । आज सेयर बजारमा ३२१ कम्पनीका १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता सेयर ७२ हजार ५२८ पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको हो ।
आज विकास हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू