
नवलपरासी (सु प) । यहाँको धान बालीमा डढुवा रोग र मिलीबग किरा लागेको छ । यहाँका रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउँपालिका र सुनवल नगरपालिकाका ४६ भन्दा बढी किसानको धानको फेदमा सङ्क्रमण देखिएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख डा रवीन्द्रनाथ चौबेले जानकारी दिए।
उनले समयमा पर्याप्त वर्षा नहुँदा माटो सुक्खा भएकाले समस्या देखिएको हुनसक्ने बताए। “धान पातको फेदमा अण्डाको आकारजस्तो खैरो थोपा देखिएका छन्। यसको आकार वृद्धि हुँदै गई ढुसीको कालो गिर्खा देखा पर्ने समस्या छ। बिस्तारै यो समस्या माथिल्लो भागमा पुग्छ र सुकेर डढेको जस्तो देखिने हुन्छ”, चौबेले भने।
जिल्लामा २० हजार ४८० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ। कार्यालय प्रमुख चौबेले यहाँका अन्य क्षेत्रमा समस्या देखिएको जानकारी आएको बताए । पाल्हीनन्दन गाउँपालिका–४ का राजाराम धवलले फेदमा डढुवा रोग लागेर धानबाली सुक्न थालेको बताए। गत वर्षको तुलनामा यसपटक अधिकांश खेतमा यो रोग देखिएको उनले जानकारी दिए ।













समाचार
गरिबी उन्मूलनका लागि बहुआयामिक दृष्टिकोण आवश्यक : परराष्ट्र सचिव राई
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक
बाढीपछिको पुनः स्थापना र पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन डलर सहयोग गर्ने
नेपाल र ग्रेनाडाबिच कूटनीतिक सम्बन्ध स्थापना
आज संसद बैठक बस्दै, के-के छन् कार्यसूची ?
फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
देशभर दोहोरो वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर