
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.०३ अकंले बढेर २७६१.८६ बिन्दुमा कायम भएको छ । आज ३२६ कम्पनीको १ करोड १४ लाख ४० हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १० करोड ५७ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन ११ वटा उपसूचकमा सुधार देखिएको छ । आज वाणिज्य बैंक समूहको १.६२ प्रतिशत, विकास बैंक समूहको ०.७५ प्रतिशत, फाइनान्स समूूहको ०.१९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६३ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.१७ प्रतिशतले सेयर मूल्य बढेको छ ।
सोमबार १४२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०६ कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको २८ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एभरेष्ट बैंकको २४ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
हिमालयन डिष्टिलरीको २१ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिम स्टार ऊर्जाका लगानीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.०७ प्रतिशतका दरले कमाएका छन् ।आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ७.६८ प्रतिशतका दरले गुमाएका हुन् ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व