
काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले छापा मारेको छ । मंगलबार उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको हो ।
गोरखाका विनोद श्रेष्ठको घरमा प्रहरीले छापा मार्दा करिब ४ करोड रुपैयाँ बरामद गरिएको उपत्यका प्रहरी कार्यालयले पुष्टि गरेको छ । बरामद गरिएको नगद कसरी संकलन भएको र त्यसको स्रोत के हो भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रहरीका अनुसार रकमको वास्तविक मालिक र यसको प्रयोगबारे प्रारम्भिक अनुसन्धान चलिरहेको छ भने यससम्बन्धी थप विवरण सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि