
गोरखा । जिल्लाको चुम उपत्यका विगत तीन दिनदेखि विद्युत् र सञ्चार सम्पर्कविहीन भएको छ । चुमनुब्री गाउँपालिका–७ मा रहेका छेकम, पारो, जोङ, ङाक्यू, लेरु, लामागाउँ, बुर्जी र छुलेगाउँका करिब तीन सय परिवारका आठ सयभन्दा बढी नागरिक तीन दिनदेखि विद्युत् तथा सञ्चार सम्पर्कविहीन भएको स्थानीय दोर्जे लामाले जानकारी दिए ।
गत आइतबार बिहानदेखि गाउँमा विद्युत्, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको उनले बताए । “कादुरी संस्थाले बनाएको लघुजलविद्युत् आयोजनाको पावरहाउस बिग्रिएर आइतबार बिहानदेखि विद्युत् उत्पादन बन्द भएको छ”, लामाले भने, “तीन दिनदेखि वडा नं ७ का लार, पाङ्दुन र निलेबाहेक सबै ठाउँ बस्तीमा बत्ती छैन ।”
सोही पावरहाउसबाट लगेको विद्युत्को लाइनले मोबाइलको टावर चलेको भन्दै उनले विद्युत् नभएपछि टेलिफोन र इन्टेरको टावर पनि नचलेको लामाले बताए । विद्युत्का प्राविधिकसँग बुझ्दा मेसिनमा खराबी आएकाले समस्या भएका बताएको उनले सुनाए । गाउँमा विद्युत् सेवा नहुँदा कुटानीपिसानी मिल, काष्ठ मिल र घरायसी विद्युतीय उपकरण चलाउन पाइएको छैन ।













समाचार
नेप्सेको सीईओका लागि ४ जनाको नाम सर्टलिस्ट, असोज २३ गते अन्तर्वार्ता र प्रस्तुतीकरण
सिमसार मासिँदै, कछुवा हराउँदै : संकटमा प्राकृतिक बासस्थान !!
शुक्ला हिलेटारलाई धार्मिक पर्यटकीय स्थल बनाउन पहल
अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन : ‘ल्याण्ड फिलिङ’को काम धमाधम
महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो
सुन्तलामा रोग लागेपछि किसान चिन्तामा
राष्ट्र बैंकद्वारा एकीकृत परिपत्र संशोधन: भुक्तानी सीमा वृद्धि
२७ जलविद्युत् आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाट उत्पादनको बाटो खुल्यो
मुस्ताङका कृषक मर्कामा : बोटमा स्याउ अडिँदैन, ढुवानीका लागि बाटो छैन
दोहोरो वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?