
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले देशभर चर्किँदै गएको आन्दोलनबारे भिडियो सन्देश जारी गर्दै वार्तामार्फत शान्तिपूर्ण समाधान खोज्न सबैलाई आह्वान गरेका छन्। मंगलबार साँझ सार्वजनिक गरिएको सम्बोधनमा उनले वर्तमान अस्थिरतालाई सामान्यतर्फ लैजानु राष्ट्रहितसँग जोडिएको साझा दायित्व भएको उल्लेख गरे।
“राष्ट्रको सर्वोच्च हितको रक्षा गर्नु सबैको कर्तव्य हो। त्यसैले आन्दोलनका कार्यक्रम स्थगित गरेर संवादतर्फ अघि बढ्न अनुरोध गर्दछु,” सिग्देलले भने। आन्दोलनका क्रममा भएका जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उनले ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गरे भने शोकाकुल परिवारलाई संवेदना प्रकट गरे। घाइतेहरूको छिटो स्वास्थ्यलाभको कामना गर्दै उनले शान्ति, सुरक्षा र राष्ट्रिय एकतालाई जोगाउनु सम्पूर्ण नेपालीको दायित्व रहेको जोड दिए।
उनका अनुसार, नेपाली सेनाले विगतमा जस्तै आगामी दिनहरूमा पनि मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र जनताको सुरक्षार्थ निरन्तर प्रतिबद्ध रहन्छ। प्रधानसेनापति सिग्देलले आन्दोलनले सार्वजनिक सम्पदा, ऐतिहासिक धरोहर, कूटनीतिक नियोग र आम नागरिकको सुरक्षामा नकारात्मक प्रभाव नपार्ने गरी अघि बढ्न सबै पक्षलाई सचेत गराए। सन्देशको अन्त्यमा उनले मातृभूमिको जयघोष गर्दै राष्ट्रिय सद्भाव र एकताको लागि सबै नेपालीलाई हातेमालो गर्दै अघि बढ्न आग्रह गरे।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना