
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले संसद् जनताको सर्वोच्चताको प्रतीक भएकाले यसको विघटन गर्न नपाइने बताएकी छन् । बिहीबार भिडियो सन्देश जारी गर्दै उनले संसद् विघटनको प्रयास सह्य नहुने बताएकी हुन ।
साथै, उनले जेनजीसहितको सहभागितामा अन्तरिम नागरिक सरकार गठन गर्न सकिने सुझावसमेत दिएकी छन्। उनले भनेकी छन् , ‘जनताको सर्वोच्चता कायम राख्ने भनेको नेपालको संसद्ले हो । यो विघटन गर्न पाइँदैन । यो विघटन गर्नु भनेको नेपालको जनताको सर्वोच्चता सङ्कटमा पर्नु हो।’
जेनजीहरूलाई देखाएर कसैले पनि आफ्नो स्वार्थ प्रेरित निर्णय गर्न नपाइने धारणा राखिन्। उनले भनिन्, ‘कुनै पनि स्वार्थ प्रेरित निर्णय गर्न पाइँदैन । जेनजीसहितको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न पाइन्छ । तर, संसद्लाई कायम चाहिँ राख्नुपर्छ,अन्तरिम सरकारले चुनाव घोषणा गर्यो भने अहिले जेनजीहरू जसरी सक्रिय हुनुभएको छ, चुनावबाट तपाईँहरूले चाहेको मान्छे ल्याउन सकिन्छ । कुनै पनि स्वार्थ प्रेरित निर्णय गर्न पाइँदैन । जेनजीसहितको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न पाइन्छ । तर, संसद्लाई कायम चाहिँ राख्नुपर्छ।’













समाचार
बढ्यो अण्डाको मूल्य, कति पुग्याे प्रतिक्रेट ?
सानिगाड हाइड्रोको नाफामा ३९० प्रतिशतको वृद्धि, प्रतिसेयर आम्दानी सहति अन्य सूचक कस्ता ?
प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा
सेयर बजारमा पुँजीगत लाभकर घटाउन रौनियारको माग, सेबोनलाई दिए १५ बुँदे सुझाव
निर्देशक सुब्बा र साहित्यकार अधिकारीलाई १ लाख ५० हजारको ‘दाहाल यज्ञनिधि पुरस्कार’
‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै
स्रोत नखुलेको ५२ लाख नगद सहित पर्साबाट ४ जना पक्राउ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
पहिरोका कारण दोसल्लेका नौ घरपरिवार विस्थापित
नाइमा मोबिलिटी एक्स्पो आजदेखि सुरु हुँदै, विद्युतीय र नवीनतम सवारीसाधनको भव्य प्रदर्शनी