
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद्ले संविधान बमोजिम नै नयाँ सरकार निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । लोकतान्त्रिक हकको उपयोग गर्दै गर्दा न्यूनतम कर्तव्य, जिम्मेवारी र राष्ट्रप्रतिको जबाफदेहितालाई कसैले पनि भुल्न नहुनेमा उनले जोड दिएका छन् ।
उनले भनेका छन्– ’लोकतान्त्रिक व्यवस्थामा सरकारको शासकीय कार्यशैली र प्रवृत्तिहरूका बारेमा नागरिक तहमा प्रश्नहरू उठ्नु, त्यस प्रति असहमति जाहेर हुनु ,खबरदारी गर्नु ,विरोध वा आलोचना हुनु वा सरकार प्रति नै अरुचि प्रकट भई नयाँ सरकारको माग गर्नु लोकतन्त्रले दिएको सुन्दर अधिकार हो । तर लोकतान्त्रिक हकको उपयोग गर्दै गर्दा न्यूनतम कर्तव्य, जिम्मेवारी र राष्ट्र प्रतिको जबाफदेहितालाई भने कसैले पनि भुल्नु हुँदैन भन्ने कुरा सदैव ख्याल राख्नु पर्दछ ।’
’निरङ्कुशता र अधिनायकवादका विरुद्ध लोकतन्त्रका लागि जीवनभर लडेका राजनीतिक दलहरू र नेतृत्वका लागि सत्ता वा सरकार कुनै अलौकिक महत्वका कुराहरु होइनन्, यो त जनताले निर्धारण गर्ने या फैसला गर्ने विषयहरू हुन् । मुख्य वा महत्वको कुरा त मुलुकको स्वाधीनता, सार्वभौमिकता , भौगोलिक अखण्डता , राष्ट्रिय हित र लोकतन्त्र को रक्षा तथा हाम्रा संवैधानिक प्रबन्धहरुको जीवन्तता नै हो । संसदवाट लोकतान्त्रिक विधि मार्फत बनेको अहिलेको सरकारले पनि जेनजी पुस्ताको सडकको आवाजलाई सम्मान गरेर सरकारबाट मार्ग प्रशस्त समेत गरिसकेको छ । संसदीय प्रणाली र लोकतन्त्रमा जनादेश तथा संसद्को अङ्कगणित बमोजिम सरकार निर्माण हुने र विघटन हुने विषय स्वभाबिच र नियमित प्रक्रिया नै हो । यही प्रक्रिया बमोजिम अब छिट्टै नै संसद्ले संविधान बमोजिम नयाँ सरकार निर्माण गर्नुपर्दछ । यसको पहल र समन्वय सम्माननीय राष्ट्रपति ज्युबाट शिघ्रातिशिघ्र हुनुपर्दछ’, बर्तौलाले भनेका छन् ।
मुलुकमा सिर्जना हुने हरेक राजनीतिक घटना र प्रश्नहरूको निरूपण तथा समस्याको वैध र सर्वस्वीकार्य समाधान मुलुकको संवैधानिक प्रबन्धहरूले निर्धारण गरेको लोकतान्त्रिक मार्गबाट मात्रै हुन सक्नेतर्फ उनले जोड दिएका छन् । ’क्षणिक आवेग , उत्तेजना हडबड वा अल्पकालीन सोचबाट होइन । हाम्रो देशको संविधान, हामीले अवलम्बन गरिरहेको अहिलेको व्यवस्था र प्रणाली बाट मात्रै हामी हाम्रो देशको सुन्दर भविष्य निर्माण गर्न सक्छौ । यसबाट मात्रै हाम्रो अग्रजहरूले रगत बगाएर , लडेर जोगाएको देशको स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको संरक्षण गर्न सक्छौ’, बर्तौलाले भने ।
यतिबेला राष्ट्रका विरुद्ध संविधान, व्यवस्था र प्रणाली माथि नै खतरा उत्पन्न हुने गरि भयानक षड्यन्त्र हुन खोजिरहेको छ भन्ने तर्फ सचेत रहँदै नेपाल र नेपालीको सुदूर भविष्यका बारेमा सोच्न पनि उनले आग्रह गरेका छन् ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हिमालयन लघुवित्तले कमायो १० करोड ६६ लाख नाफा, अन्य सूचक कस्ता?
आइसिएफसि फाइनान्सको नाफा उच्च गिरावट, अन्य सूचक कस्ता ?
महुली लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?
साप्सु कालिका हाइड्रोपावरको साधारणसभा भदौ ५ गते, के-के छन् एजेण्डा ?
‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’
राष्ट्रियसभाको बैठक बस्दै, के छन् एजेन्डा?
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
साउनको तेस्रो सोमबार : सुन्दरीजलमा बोलबम भक्तजनको घुइँचो
इरानप्रति ट्रम्पको ‘यु–टर्न’ : आक्रमण रोकेर वार्ताको घोषणा