
काठमाडौं । नेपाल शेर्पा संघले नयाँ नेपाल निर्माणको अभियानमा जुट्न आग्रह गरेको छ । संघले विज्ञप्ति जारी गर्दै जेनजीको आन्दोलनबाट भएको क्षतिबाट अघि बढ्नका लागि नयाँ नेपाल निर्माणको अभियानमा जुट्न आग्रह गरेको हो ।
संघले भदौ २३ र २४ गते भएको ‘जेनजी’ पुस्ताको आन्दोलन, त्यसपछि उत्पन्न परिस्थिती र घटनाक्रमको नेपाल शेर्पा संघ, सिंगो शेर्पा समुदायले गम्भिरतापूर्वक नियली रहेको छ । आन्दोलनका क्रममा ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रद्धाञ्जली, परिवारजनमा गहिरो समावेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
आन्दोलनका क्रममा राज्यको विभिन्न भौतिक संरचना, व्यक्तिगत सम्पती तथा व्यापारिक केन्द्रहरु, सञ्चारगृहहरुमा भएको आगजनी, तोडफोड गरी अपूरणीय क्षति पुगेकोमा गहिरो दुःख व्यक्त गर्दछ । मुलुकको यस विषम परिस्थितीमा सबै पक्ष संयमित भई उत्पन्न परिस्थितीको सामना, समस्याको समाधान र सहिमार्ग निर्देशका उपायहरु खोजि गर्नुपर्ने बेला आएको छ । आन्दोलनका क्रममा उठेका ‘जेनजी’ मागहरु संबोधन गर्दै संविधानसभाबाट जारी भएको संविधानले स्थापित गरेको धर्म निरपेक्षता, संघीयता, पूर्ण समानुपातिक समावेशिता, पहिचान, आदिवासी जनजातिहरुको भाषिक, सांस्कृतिक र आत्मनिर्णयको अधिकारलाई सुरक्षित र सुनिश्चित गर्दै अघि बढ्न सम्बन्धित पक्षसँग आग्रह गर्दछ ।
यथास्थितीबादी, पुरातनवादी शक्तिहरु र सदियौंदेखि राज्यसत्तामा हालिमुहालि गरीरहेका वर्गले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न चिन्हहरु उठाई संक्रमणकालको फाइदा उठाउने षड्यन्त्रहरु भै राखेका छन् । यसखाले प्रपञ्चका विरुद्ध आम उत्पीडित हिमाली आदिवासी शेर्पा समुदाय एकढिक्का भई प्रतिवाद गरिनेछ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै जेन्जी पुस्ताले उठाएका माग र आन्दोलनको मार्ग निर्देशन अनुरुप तत्काल मुलुकलाई निकास दिनु अहिलेको आवश्यकता हो ।
भ्रष्टाचारको विरुद्धमा शुरुवात भएको यो आन्दोलन विगतको भन्दा फरक र सकारात्मक छ । परिवारवाद, एकतन्त्रिय व्यवस्था र मानसिकताको विरुद्धमा पनि यो आन्दोलन हो । यस आन्दोलनको जगमा टेकेर न्यायिक, प्रशासनिक लगायत क्षेत्रको व्यापक पुनः संचरना गर्न सक्नुपर्दछ । सदाचार, विधिको शासन र समानताको पक्षमा शेर्पा समुदायले पनि विगत लामो समयदेखि आवाज उठाउँदै आएका थिए । विगतको आन्दोलनबाट प्राप्त उपलब्धिहरुको जगमा टेकेर विद्यामान अवस्थाको व्यापक परिवर्तनको मार्ग प्रशस्त भएको छ । यसतर्फ आम शेर्पाहरु ‘जेन्जी’ र परिवर्तनकामीहरुको पक्षमा रहनेछ ।
शेर्पा समुदाय विगतले प्रशासनिक, भौगोलिक रुपमा समेत उत्पीडनमा परेको जाति हो । मुलुकलाई समृद्धतर्फ डोहोर्याउने क्रममा पर्यटन प्रर्बद्धन, पर्वतारोहण लगायत विभिन्न क्षेत्रबाट शेर्पा समुदायले योगदान र अहम भूमिका निर्वाह गरी रहेको छ । यस परिप्रेक्षमा शेर्पा समुदायले विगतदेखि उठाउँदै आएको राज्यमा समान पहुँच, प्रतिनिधित्व र सम्मानजनक उपस्थितीका सन्दर्भमा जेन्जी पुस्ता, नयाँ नेतृत्व र पहलकर्ताहरु समेत गम्भिर हुन आग्रह गर्दछ । विभिन्न सन्धीसम्झौताहरु, आईएलओ १६९ को कार्यान्वयन मार्फत आम आदिवासीहरुको अधिकारलाई स्थापित गर्ने, सबै वर्ग लिङ्ग र समुदायलाई अपनत्व महशुस हुने गरी नयाँ नेपालको खाका कोर्न र नयाँ नेपाल निर्माणको अभियानमा जुट्न समेत सम्पूर्ण प्रति यसै प्रेस नोटमार्फत अपिल गर्दछ ।













समाचार
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तबीच भदौ २१ गतेदेखि एकीकृत कारोबार गर्ने
स्याङ्जामा एक वर्षमै ३३४ उद्योग खारेजी, ५ करोडभन्दा बढी लगानी बाहिरियो
नेपाली एआई प्रविधि ‘टिङटिङ’ श्रीलंकाको बजारमा प्रवेश
अमेरिकासँग व्यापार वार्ता भाँडिएपछि क्यानडाले ‘डलर फोर डलर’ कर लगाउने
टिकटकले अमेरिकालाई ४० करोड डलर तिर्ने, बालबालिकाको गोपनीयता उल्लंघन गरेको आरोप
नेपाल ‘ए’ को खराब प्रदर्शन जारी, बंगलादेशसँग ९ विकेटले पराजित
‘हिमाली बौद्ध धर्ममा जीवन र पुनर्जन्म’बारे बौद्ध विद्वानहरूको गहन विमर्श
जंगली जनावरले किसानको खेती सकाएपछि अर्घाखाँचीमा वन्यजन्तु शिकारका लागि लाइसेन्स खुला
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति