
काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले जेनजी पुस्ताको अन्दोलनबाट बनेको नयाँ सरकारलाई ७ बुदे सुझाब दिएको छ । महासंघले आज विज्ञप्ति जारी गरेर आन्दोलनबाट विकासी नयाँ राजनीति घटनाक्रमलाई आत्म साथ गर्दै विभिन्न सुझाबहरु दिएको हो ।
महासंघले दिएको सुझाबमा वर्तमान जेनजी पुस्ताको मागलाई सम्बोधन गर्दे अहिलेको संक्रमणकालाई निकास दिन नयाँ प्रधानमन्त्री सुशिला कार्कीलाई नेपालको संविधानको मूल मर्म, भावना र सर्वपक्षीइ सहमति अनुसार ताजा जनादेशका लागि तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न आग्रह गरेको छ ।
त्यस्तै जनजी आन्दोलकाको क्रममा ज्यान गुमाएकाहरुलाई शहिद घोषणा, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन, असहाय परिवारका लागि पालनपोषण, स्वास्थय, शिक्षा, रोजगारीको ग्यारेन्टी गर्न, नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट स्थापित तथा अपरिवर्तनीय जनअनुमोदित मुद्दाहरु गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, लोकतन्त्र र समानुपातिक समावेशी प्रतिनिधित्वका साथै उत्पडित समुदायको पहिचान, भाषा, संस्कृतिको संरक्षण लगायका काम गर्न सुझाब दिएको हो ।














समाचार
रसुवा हाइड्रोपावरको विशेष साधारणसभा भदौ २० गते, के के छन एजेण्डा ?
डिप्रोक्स नेपालको ३३ औ बार्षिक साधारणसभा असोज ८ गते
एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान
वर्षा र पहिराेले विभिन्न सडक अवरुद्ध
सयपत्री हाइड्रोपावरको नाफामा २७ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?
जुम्लामा एक जना मृतावस्थामा फेला
ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, कसरी हुन्छ सिकार ?
नेपालमा मिलिटरी ग्रीन र भारतमा सिल्भर रङमा सार्वजनिक भयो रोयल इन्फिल्डको नयाँ ‘गोर्खा एडिसन’
स्वास्थ्य बीमाको बजेट घटेको छैन, गत वर्ष ११ र यस वर्ष ५ अर्ब थपियो : अर्थमन्त्री वाग्ले
पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प