
काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले आज (भदौ २९ गते)देखि खुल्ने भनिएको पहिलो चरणको आईपीओ निष्कासन तत्कालका लागि स्थगित गरेको छ। कम्पनीले जारी गरेको सूचनामा हालको देशको विषम परिस्थिति र त्यसले उद्योग प्रभावित क्षेत्रमा पारेको असरका कारण आइपीओ निष्कासन स्थगित गरिएको स्पष्ट गरिएको छ।
यसअघि, भदौ १७ गते कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँ बराबरको कुल जारी पूँजीमध्ये ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
स्थगित गरिएको आइपीओमा उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकताका साथ सेयर उपलब्ध गराइने व्यवस्था गरिएको थियो। यस अन्तर्गत चितवनको रत्ननगर नगरपालिकाका स्थानीय बासिन्दा का लागि २ लाख ६१ हजार ६२९ कित्ता (२ करोड ६१ लाख ६२ हजार ७०० रुपैयाँ बराबर) सेयर छुट्याइएको थियो।विदेशमा श्रम स्वीकृति लिएर कार्यरत नेपालीहरू का लागि ४ लाख ९७ हजार ९२ कित्ता (४ करोड ९७ लाख ९ हजार २०० रुपैयाँ बराबर) सेयर निष्कासन गर्ने योजना थियो।
त्यसका साथै, कम्पनीले आफ्ना कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता सेयर सुरक्षित गरेको छ। हाललाई स्थगित भए पनि कम्पनीले आगामी दिनमा परिस्थिती सहज भएपछि पुनः आइपीओ निष्कासनबारे जानकारी गराउने जनाएको छ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै