
काठमाडौं । जेनजीकाे प्रदर्शनबाट सबैभन्दा पीडामा रहेकाे भाटभटेनीले आफ्नो सुपर स्टोरमा काम गर्ने कोही पनि कर्मचारीलाई जागिरबाट ननिकाल्ने भएको छ । भाटभटेनी सुपर स्टोरका अध्यक्ष मीनबहादुर गुरुङले आफ्ना १२ वटा स्टोरहरु जलेर नष्ट भए पनि त्यहाँ काम गर्ने कर्मचारीलाई जागिरबाट ननिकाल्ने बताएका हुन् । प्रभावित शाखामध्ये उपत्यकाका नक्साल, महाराजगञ्ज, बौद्ध (चुच्चेपाटी), कोटेश्वर र बालुवाटार तथा उपत्यका बाहिरका पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, विराटनगर र धरान पर्दछन्। यी शाखा पुनर्निर्माणपछि मात्र सञ्चालनमा आउनेछन्।
कम्पनीले क्षति पुगेका भाटभटेनीमा काम गर्ने कामदार अन्य शाखा स्टोरहरुमा लगिनेछ ।साथै, दसैँ पर्वलाई लक्षित गर्दै कर्मचारीलाई भत्ता पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ। हाल भाटभटेनीका विभिन्न स्टोरहरुमा १० हजार बढी कामदार कार्यरत छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना