
काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको आश्विन ३ गते आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा होटल एलो पगोडामा उक्त सभा सम्पन्न भएको हो ।
सभाको प्रारम्भमा प्रबन्ध संचालक रमेश कुमार भट्टराईले साधारण सभामा उपस्थित सेयरधनी र आमन्त्रित महानुभावहरुको स्वागत गर्दै कम्पनीको उद्देश्य परिर्वतन र सर्वसाधारणमा सेयर जारी गर्नु पर्ने आवश्यकताका बारेमा प्रकाश पारेका थिए । अध्यक्ष देवेन्द्र प्रताप शाहले मन्तव्य प्रस्तुत गर्दै नेक्सजेन म्यानेजमेन्टको विगत, वर्तमान अवस्था, भावी रणनीति तथा कार्यक्रमको बारेमा जानकारी गराएका थिए। संचालक अजय कुमार मिश्रले उद्योग ब्यबसायमा लगानी गर्दाको जोखिम तथा समयानुकुल लगानी गर्दाको फाइदा बारेमा अवगत गराए ।
साधारण सभामा संस्थापकहरु रामकृष्ण पौडेल, श्रीचन्द्र भट्ट, बलराम विष्ट, सुरेश सापकोटा तथा आमन्त्रीत मनोरञ्जन रमण शर्मा र विजय बहादुर शाहले कम्पनीको बारेमा विभिन्न जिज्ञासा राख्नु भएको थियो । अध्यक्ष शाह र प्रबन्ध संचालक भट्टराईले उठेको जिज्ञासा र प्रश्नहरुको उत्तर दिएका थिए ।
सभाले आव २०८१/०८२को वित्तीय प्रतिवेदन पारित गर्ने, कम्पनीको उद्देश्यमा थप ब्यबस्था गर्ने र आव २०८२/०८३ को लागि लेखा परिक्षकको नियुक्ति पारित गरेको थियो । त्यसै गरी जारी तथा चुक्ता पूँजी ५० करोड पुर्याउने क्रममा प्रिमियममा थप संस्थापक शेयर विक्रि गर्न, ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न तथा सहायक कम्पनी एग्रो डेभलपमेन्ट फण्ड लिमिटेडमा गरेको लगानी समेत सभावाट सर्वसम्मतले अनुमोदन भएको छ ।
नेक्सजेन म्यानेजमेन्ट २०७५ सालमा स्थापना भएको हो । यो कम्पनी विगत ६ बर्ष देखि निरन्तर खुद मुनाफामा रहेको, गत वर्ष नगद लाभांश वितरण गरेको, यस वर्षको खुद मुनाफा जगेडाकोषमा सारेको र नेटवर्थ पनि अंकित मुल्य रु१०० भन्दा बढी रहेकोले अव नयाँ लगानीकर्ता समेटेर कम्पनीको आकार र ब्यबसाय बृद्धि गर्न गइरहेको अवगत गराउन चाहान्छौं ।













समाचार
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह
प्रधानमन्त्रीसँग छलफल सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष
एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने, राष्ट्र बैंकले बैंकहरूलाई दियो निर्देशन
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
कृष्णभीरको सडक सञ्चालनमा आएपछि ग्यास सहज हुन्छ : आयल निगम
सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार साढे ४ अर्ब माथि